site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
मनिषा कोइरालाको विगतः ऐना हेर्थेँ आफैँलाई ‘एलियन’ जस्तो महसुस गर्थेँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । मनिषा कोइरालाले हालै एउटा अन्तर्वार्तामा क्यान्सरको उपचारपछि उनी ‘एलियन’ जस्तै देखिन लागेको बताएकी थिइन् । मनिषाका अनुसार किमोथेरापीका कारण उनको केश झरेको थियो । मनिषा लामो समयदेखि चलचित्रदेखि टाढा छिन् । तर संजय दत्तमा आधारित बायोपिकमा उनी संजयकी आमा नरगिसको भूमिकामा देखिँदैछिन् । यो चलचित्रमा संजय दत्तको भूमिका रणवीर कपुरले निर्वाह गर्दैछन् । यहाँ हेरौँ भाष्करडटकमको रिपोर्टमा आधारित मनिषाका बारे केही तथ्यः 

सन् २०१२ मा मनिषालाई ओभेरियन क्यान्सर भएको थियो 

‘सौदागर’, ‘१९४२ः अ लभ स्टोरी’, र ‘बम्बे’ जस्ता चलचित्रमा काम गरिसकेकी मनिषालाई डिसेम्बर २०१२ मा ओभेरियन क्यान्सर भएको थियो । यसपछि उनी अमेरिका गएकी थिइन् । त्यहाँ झण्डै ६ महिनासम्म उनको उपचार भएको थियो । उनलाई आफ्नो लुक (मुहार) का बारेमा चिन्ता रहेको या नरहेको सम्बन्धी प्रश्न सोधियो । उनले आफूलाई केश झरेको थाहा भएको तर आफ्नो लुकका विषयमा निश्चित नरहेको बताएकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मनिषाका अनुसार क्यान्सर जस्तो बिमारीसँग संघर्ष गरेपछि त्यसै पनि मुहारमा परिवर्तन अवश्य आउँछ । मनिषा भन्छिन्, “मलाई थाहा थियो क्यान्सरसँग लड्नका लागि मलाई मानसिक रूपमा तयार हुनुपर्छ । र, यसका लागि मलाई परिवारले पूर्ण सहयोग गर्यो । किमोथेरापीपछि मेरो केश र आँखीभौ झरेको थियो । त्यस समय ऐना हेर्थेँ आफैँलाई एलियन जस्तो महसुस गर्थेँ ।” सन् २०१३ मई २ मा मनिषाले पूर्ण रूपमा क्यान्सरबाट छुट्कारा पाइसकेकी थिइन् ।  

सलमान र गुलशनले स्वास्थ्य अवस्था बुझे

Global Ime bank

मनिषा भन्छिन्, “सामान्य अवस्थामा जब कसैलाई क्यान्सर हुन्छ तब प्राइवेसी पर्पज (व्यक्तिगत कारण) ले उसलाई एक्लै छाडिन्छ । ताकि उसलाई  केही ठाउँ प्राप्त होस् । यस्तो अवस्थामा मैले पनि आफूलाई दुनियाँबाट अलग गरेकी थिएँ । यद्यपि मेरो परिवारले मलाई भनिरहन्थ्यो, चलचित्रसँग जोडिएका कोको मेरो स्वास्थ्य अवस्था जान्न चाहन्छन् । मलाई थाहा छ, त्यो समयमा सलमान खान  र गुलशन ग्रोबरले मेरो बिमारी अवस्था र सुधारका बारेमा जानकारी लिएका थिए ।” 

मनिषाका अनुसार फिटनेसका लागि उनी रातमा चाँडै सुत्ने र बिहान चाँडै उठ्ने चक्रलाई पछ्याउँथिन् । “म रातमा १० बजेसम्म सुतिसक्छु र बिहान साढे ४ बजे उठ्छु । बिहान साढे ७ बजे मेरा योगा गुरु आउँछन् । उनीसँग म ध्यान, प्राणायाम र केही आसन सिक्छु । यसपछि ११ बजे म आफ्नो काममा लाग्छु । भोजनलाई लिएर म कठोर छु । म ९९ प्रतिशत शाकाहारी भोजन लिन्छु ।”

मनिषाले सन् १९८९ मा नेपाली चलचित्र ‘फेरि भेटौँला’ बाट करियर सुरु गरेकी थिइन् । यद्यपि उनको पहिलो बलिउड चलचित्र ‘सौदागर’ थियो । जुन १९९१ मा रिलिज भयो । यसपछि उनले ‘यलगार’, ‘अनमोल’, ‘धनवान’, ‘मिलन’, ‘संगदिल सनम’, ‘क्रिमिनल’, ‘गुड्डु’, ‘अग्निसाक्षी’, ‘इन्डियन’, ‘खामोशी’, ‘गुप्त’, ‘कारतुस’, ‘मन’, ‘हिन्दुस्तान की कसम’, ‘लज्जा’, ‘मोक्ष’, ‘कम्पनी’, ‘मार्केट’ र ‘भूत रिटन्र्स’ जस्ता चलचित्रमा काम गरिन् । 

मनिषाले ‘सवाल दस करोडका’, ‘लार्जर देन लाइफ’ (डकुमेन्ट्री) र ‘फेमिना मिस इन्डिया २०१५’ (निर्णायक) मा पनि काम गरिन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०७४  ०१:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC