site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निर्वाचन प्रभावित पार्न पूर्व लडाकुलाई रकम वितरण !
Ghorahi CementGhorahi Cement

काठमाडौँ । नेकपा एमालेले निर्वाचन आचारसंहिताविपरित माओवादी पूर्व लडाकुहरूलाई रकम वितरण गर्न लागेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । पूर्व लडाकुलाई रकम वितरण गर्न  शान्ति मन्त्रालय र अर्थ मन्त्रालयको संयोजनमा रकम निकासा भइसकेको एमाले दाबी छ । 

एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङको नेतृत्वमा आयोग पुगेको प्रतिनिधिमण्डलले सरकारले निर्वाचन प्रभावित पार्न बजेटमा नभएका शीर्षकमा रकम खर्च गरिरहेको ‘सबुत’ पेश गरेको हो । 

Agni Group

आयोगलाई ध्यानकर्षण गराए लगत्तै सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्वाङले युवा तथा खेलकुद मन्त्रालयले ‘समुदायमा आधारित खेलकुद पूर्वाधार निर्माण कार्यक्रम’ अन्तर्गत विभिन्न जिल्लामा करोडौँ रकम विनियोजन गरेको दाबी गरे ।

एमालेले युुवा तथा खेलकुद मन्त्रालय, योजना तथा बैदेशिक समन्वय शाखाको चलानी नं. १२७० को पत्र समेत पेश गरेको छ । जसमा समुदायमा आधारित खेलकुद पूर्वाधार निर्माण कार्यक्रमका लागि पाँच करोड २३ लाख सम्मको स्रोतको सुनिश्चितता प्रदान गरिएको व्यहोरो उल्लेख छ ।

Global Ime bank

रोल्पामा पैसाको खोलो !
समुदायमा आधारित खेलकुद पूर्वाधार निर्माण कार्यक्रम निर्माण गर्न विभिन्न ७८ योजनामा रोल्पा जिल्लामा मात्रै पाँच करोड २३ लाख विनियोजन गरिएको र उक्त रकम बजेटको शीर्षकमा नरहेको र निर्वाचन आचारसंहिताको गम्भीर उलङ्घन भएको एमालेले जनाएको छ । 

त्यस्तै रोल्पा जिल्लाभित्रका अन्तर गाविस जोड्ने नयाँ सडक आयोजनाहरू अन्तर्गत ११३ वटा विभिन्न आयोजनामा  अर्बौं रकम निकाशा गर्न लागिएको एमालेले आयोगलाई जानकारी दिएको छ । 

नेम्वाङले निर्वाचन प्रभावित पार्न सरकारद्वारा भइरहेका यस्ता गतिविधि तत्काल रोक्न आयोगको ध्यानकर्षण गराएको जानकारी दिए ।  जवाफमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आचारसंहिता पालानाका लागि आयोगले खबरदारी गर्ने बताएको नेम्वाङको भनाइ थियो । 

त्यस्तै उनले स्वच्छ, निष्पक्ष, धाँधलीरहित निर्वाचन गराउन आयोग प्रतिवद्ध रहेको र दलहरूले आयोगलाई सहयोग गर्नुपर्ने यादवको भनाइ रहेको नेम्वाङले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०७४  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC