site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गृह सचिवको निर्देशनमा सोधियो डीआईजी सिलवाललाई स्पष्टिकरण, मंगलबारसम्म जवाफ नआए कारवाही 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डीआईजी नवराज सिलवाललाई प्रहरी प्रधान कार्यालयले लिखित रुपमा नै स्पष्टिकरण मागेको छ ।
आईजीपीको नेतृत्वमा रहेको पीसीसी बैठकमा भाग नलिएको, संगठनको नीति विपरितका कार्य गरेको भन्दै उनलाई लिखित स्पष्टिकरणका लागि पत्र काटिएको स्रोतले जानकारी दिएको छ ।
आईजीपी नियुक्ति प्रकरणमा डीआईजी सिलवालले संगठनको गोप्य दस्तावेज बाहिर ल्याएर सञ्चारमाध्यममा प्रकाशित गराएको, हुँदै नभएको कुरा किर्ते गरेको भन्दै उनलाई लिखित जवाफ पेश गर्न मंगलबारसम्मको समय दिइएको स्रोतले जानकारी दियो ।
उनीमाथि कार्यालयमा जानकारी नदिई बिदामा बसेको, संगठनको स्रोत साधन दुरुपयोग गरेको, चेन अफ कमान्डको उल्लंघन गरेको पनि आरोप छ ।
स्रोतका अनुसार डीआईजी सिलवालले स्वास्थ समस्या देखाउँदै वैशाख २० गतेसम्म बिदा बसेको बताए पनि उनले बिदा भने स्वीकृत गराएका छैनन् ।
प्रहरी प्रधान कार्यालयका एक डीआईजीले बाहखरीसँग कुरा गर्दै भने, “आफ्नो प्रतिद्वन्द्वि आईजीपी भयो भन्दै सिलवाल संगठनकै विरुद्धमा उभिएको देखियो, आइजीपीको दर्ज्यानी चिन्ह लगाउने कार्यक्रममा पनि अनुपस्थित भए, हुँदा हँुदा पीसीसी बैठकमा समेत भाग लिएनन्, जुन बैठकमा डीआईजीहरु उपस्थित हुनैपर्छ । गृह सचिवले पनि चेन अफ कमान्ड उल्लंघन गरेको भन्दै पत्र काट्न निर्देशन दिएका थिए ।” 
स्रोतका अनुसार सुरुमा प्रधान कार्यालयले सिलवालका नाममा पत्र काटेको थियो । सिलवाल कार्यालयमा नभएको र उनका सहयोगीले व्यक्तिगत पत्र भएको भन्दै नबुझेका कारण मुख्यालले फेरि ब्यूरोमा मुचुल्का उठाएर पत्र बुझाएको थियो । सिलवालले मंगलबारसम्म लिखित जवाफ नबुझाए प्रहरी निमावलीअनुसार उनलाई कारवाही हुन्छ । 
“लिखित जवाफ नआए कारवाहीका लागि कानुन शाखामा सिफारिस हुन्छ, ” स्रोतले भन्यो ।
डीआईजी सिलवालले वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षक आफू नै हुनुपर्ने भन्दै सर्वोच्चमा दिएको निवेदनमा वैशाख १९ गते सुनुवाई हुँदैछ ।

तस्बिर, सिलवालको फेसबुकबाट 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०७४  ०९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC