site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
 जलवायु परिवर्तनको मार नदीमा, चार दिनमा क्यानाडाको स्लिम्स नदी भयो ‘गायब’ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । जलवायु परिवर्तनको उच्चतम खराब असरको विश्वका नदीमा देखिन लागेको छ । मौसम परिवर्तनको कारण क्यानाडाबाट बग्ने स्लिम्स नदी ग्लेसियर पग्लिएको केवल चार दिन मा ‘गायब’ भएको छ । अनुसन्धानकर्ताहरुले यसलाई जलबायु परिवर्तनको प्रभाव भएको बताएका छन् । वैज्ञानिकहरुले प्रकिृतिको यो आकस्मिक घटनालाई ‘रिभर पाइरेसी’ (नदी को चोरी) भन्ने नाम दिएका छन् ।
क्यानाडको कास्कावुल्श ग्लेसियरबाट उत्पत्ति भएको १५० मिटर चौडाइ भएको स्लिम्स नदी सयौं बर्षदेखि बगिरहको थियो । बेलयतको द गार्जियनको रिपोर्टअनुसार मौसम परिवर्तनका कारण ग्लेसियरको हिउँ तिब्र गतिले पग्लिएको थियो । जसका कारण नदीको पानीको बहाव यती तिब्र भएको थियो कि उक्त नदीले आफ्नो दिशानै बदल्न पुग्योे । खाषमा तिब्र बहावको कारण नदीले भिन्नै बाटो बनाएको थियो । नदीको बहावको बाटो परिवर्तन गरेका कारण नदीले  आफ्नो पुरानो बाटोबाट लगभग ‘गायब’ भएको  छ । अब यो नदी अलास्काको खाडीतर्फ बग्न थालेको छ ।
एक भूवैज्ञानिकका अनुसार उनले हालै सो नदी बग्ने पुरानो स्थानको भ्रमण गरेका थिए । उनले सो नदी लगभग सुकेको जानकारी दिए । वैज्ञानिकहरुका अनुसार यो प्रकारको ठूलो परिवर्तन हुन लामो समय लाग्छ । उनीहरुका अनुसार ग्लोबल वार्मिङ कारणलेनै स्लिम्स नदी सुक्न पुग्यो भने अर्को तर्फ ग्लेसियरको पानीको दिशा परिबर्तनका कारण अलास्का नदी धेरै    गुणा ठूलो हुन पुग्यो । यस अघि दुबै नदिहरु उस्तै आकारका थिए।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०७४  २२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC