site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
काठमाडौँको मेयरमा उठ्न धुर्मुसलाई दबाब, तर मतदाता नामावलीमा नामै छैन 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । द्ुई वर्ष भित्रमा तीन बस्ती उभ्याएका सिताराम कट्टेल धुर्मुसलाई काठमाडौंको मेयरमा चुनाव लड्न सर्वसाधारणको दबाब परेको छ ।
“भूकम्प–पीडितको घाउमा थोरै किन नहोस् मल्हमपट्टि लगाएकाले होला सामाजिक सञ्जालमा, धेरैले फोनमा र कतिपयले भेटेरै आग्रह गर्छन्– स्वतन्त्रबाट तपाईं काठमाडौँका मेयरमा उठ्नूस्,” धुर्मुसले बाह्रखरीसँग कुरा गर्दै भने, “जहाँबाट उठे पनि निर्वाचन जित्नुहुन्छ तपाईं भनेर भन्नेहरू पनि असंख्य छन् । राजनीति विकासको साधक बन्न नसकेको, व्यवस्थाले विकासको वाधक पन्छाउन नसकेको देखेकाले उहाँहरूमा हामीप्रति आशा, भरोसा छ । तर, हामी पार्टीको, स्थान विशेषको होइन, देशको बन्न चाहन्छौँ । मेयर बन्ने इच्छा, आकांक्षा छैन । हामी पार्टीको होइन, देशकै झन्डा बोकेर हिँडन् चाहन्छौँ ।”
उनले पहिलो  संविधानसभामा पनि मतदान नगरेको स्मरण गरे ।  “पहिलो संविधानसभामा मतदान दिइएन । संविधान जारी गर्न नसक्दै संविधानसभा विघटन भएपछि एकमनले सोचेँ– मत नहालेर ठीकै गरिएछ । अभिमतको उपेक्षा गरेको होइन, राजनीतिक दलले अपेक्षाकृत काम गर्न नसकेको आक्रोश थियो त्यो, ” उनले भने, “यतिमात्र होइन हामीले संविधान नबनी संविधानसभा विघटन गरेको आक्रोशमा काजकिरिया नै गरेका थियौँ । म कुञ्जना, केदार घिमिरे ‘माग्ने बूढा’, सुरज चापागाईं ‘बान्द्रे’ हामीले छाकै छाड्यौँ ।”
उनले आफूसहित कुन्जना घिमिरेको पनि मतदाता नामावलीमा नाम नभएको बताए ।
“भूकम्पपछि पुनःनिर्माणमा खटिएकाले यसपटक पनि भोट लिस्टमा नाम छुटेछ,” उनले भने, “कुञ्जना र मेरो दुवैको नाम मतदाता नामावलीमा छैन । यसबीचमा हामी निर्वाचन आयोगमै गयौँ तर, समय सकिएकाले नाम दर्ता हुँदैन भन्ने जवाफ पाएपछि फर्कियौं । हामी वास्तवमै दुःखी छौँ, २० वर्ष पछि हुन लागेको  स्थानीय निर्वाचनमा सरिक हुन पाइएन ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०७४  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC