site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कमल थापालाई निर्वाचन आयोगको चेतावनी
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । निर्वाचन आयोगले राप्रपा अध्यक्ष कमल थापालाई आयोगका विरुद्धमा अनर्गल प्रचार नगर्न चेतावनी दिएको छ ।
आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्रीसमेत रहनुभएका सो दलका नेताबाट व्यक्त भएका भनी आमसञ्चार माध्यमबाट प्रकाशित भएका विचार र उहाँको पार्टीका तर्फबाट केही दिनयता भएका गतिविधिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।”
विज्ञप्तिमा यस्ता गतिविधि नदोहोर्याउन चेतावनी समेत दिइएको छ ।
“सो पार्टीबाट निर्वाचन आयोगले गरेको निर्णय जलाउने तथा सो व्यहोराको विज्ञप्ति जारी गर्नेसम्मका क्रियाकलाप भएको र मन्त्रिपरिषद्को वरिष्ठ सदस्यसमेत रहेको दलको तर्फबाट भएका त्यस प्रकारका विज्ञप्ति र क्रियाकलापबाट आयोग मर्माहत भएको छ,” विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधान र कानुनअनुसार आयोगले कार्यसञ्चालन गरिरहेको अवस्थामा कानुनअनुसार कार्य नगर्न दबाब दिने क्रियाकलापप्रति आयोग गम्भीर आपत्ति प्रकट गर्दै भविष्यमा यस्ता गतिविधिहरू दोहरिन नदिन आयोगले ध्यानाकर्षण गराएको छ ।” 
राप्रपाले आफ्नो विधानबाट राजसंस्था र  हिन्दु धर्म निर्वाचन आयोगले हटाइदिएको भन्दै उक्त निर्णय नसच्याए सरकारबाट बाहिरिएर निर्वाचनमा सहभागी नहुने चेतावनी दिएको छ ।
आयोगले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानले व्यवस्था गरेअनुसार निर्वाचन आयोगले आफ्नो संवैधानिक दायित्व स्वतन्त्ररूपमा निर्वाह गरिरहेको र आयोग २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन अन्तिम तयारीमा जुटेको उल्लेख गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०७४  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC