site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

तेह्रथुम । समयमै उपचार नपाउँदा सदरमुकाम म्याङलुङमा गर्भवतीको ज्यान गएको छ ।

धामीझाँक्रीको भर परी सिकिस्त भएपछि मात्रै उपचारका लागि अस्पताल पुर्याउँदा म्याङलुङ नगरपालिका–१ भदौरेकी २२ वर्षीया शान्ति भण्डारीको मृत्यु भएको हो । प्रसूति व्यथा लागेको लामो समयपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याएर जाँच सुरु गर्दै गर्दा आज अपराह्न मृत्यु भएको जिल्ला अस्पतालका डा मुक्तिनारायण साहले बताए । उनी सोमबार बेलुकीबाटै बिरामी परे पनि परिवारले घरायसी औषधि र धामीझाँक्री लगाउन थालेपछि अस्पताल लैजान ढिलो भएको थियो ।

उनलाई दिउँसो मात्र जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उनको नियमित स्वास्थ्य जाँच र परीक्षण नहुँदा निमोनियाको कारण प्रसूति हुन नसकेर ज्यान गएको डा साहले बताए । गर्भावस्थामा कम्तीमा पनि चार पटक स्वास्थ्य परीक्षण गराउनुपर्छ । गर्भवती र शिशुको स्वास्थ्यलाई लक्ष्य गर्दै सरकारले सुरक्षित प्रसूतिका लागि करोडौँको लगानी गरे पनि यहाँ भने सदरमुकाममै गर्भवतीको नियमित स्वास्थ्य जाँच नहुनु र अस्पताल लैजान ढिला भएर मृत्यु हुनु लज्जास्पद भन्दै महिला अधिकारकर्मीले आलोचना गरेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०७४  २२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC