site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीको निर्देशन–मन्त्रीको ट्विटका पछाडि नलाग्नुस्, चुनावी सुरक्षा व्यवस्था चुस्त पार्नू
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रीको ट्वीटका पछाडी नलागेर चुनावी सुरक्षा चुस्त पार्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री दाहालले चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर तोकिएकै मितिमा निर्वाचन हुनेमा आशंका नगर्न भन्दै सोही अनुसार सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन दिएका हुन् ।

उनले सरकारका जिम्मेवार मन्त्रीहरुले नै निर्वाचनका बारेमा गरेको हल्लाका पछि नलाग्न पनि निर्देशन दिएको सचिवालय स्रोतले जानकारी दियो ।

Prabhu Bank
Agni Group
NIC Asia

“सरकारमै भएका केही मन्त्री र जिम्मेवार व्यक्तिबाटै चुनावबारे फरक धारणा आएका छन्, त्यसको पछाडी लाग्दै नलाग्नू, हामीले त्यसलाई चिर्दै तोकिएको समयमा शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्नुपर्छ । त्यसकै तयारीमा जुट्नू भन्ने प्रधानमन्त्रीको निर्देशन थियो,” सचिवालय स्रोतले भन्यो, “देशैभरी निर्वाचनको माहोल खडा भएका बेला जिम्मेवार व्यक्तिबाट आएका अभिव्यक्ति सबैले अर्थपूर्ण रुपमा हेरेका छन् ।  त्यसैले यस्ता चुनौतीलाई ध्यानमा राखेर सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराख्नू ।”

प्रधानमन्त्रीसँगको भेटमा सुरक्षा निकायका प्रमुखहरुले आफ्नो संगठनले गरेको तयारी र वर्तमान सुरक्षा अवस्थाका बारेमा जानकारी गराएको पनि स्रोतले जानकारी दियो । भेटमा सुरक्षा निकायका प्रमुखहरुले निर्वाचनको समय आउनै लाग्दा समेत निर्वाचनमा आवश्यक पर्ने स्रोत साधन नआएको भन्दै काम गर्न समस्या भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

Global Ime bank

सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सुरक्षा गोष्ठी
यसैबीच सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृह मन्त्रालयले क्षेत्रीय स्तरको सुरक्षा गोष्ठीहरु गर्दै आएको छ । अहिलेसम्म विराटनगर, धनगढी, नेपालगन्जमा गोष्ठी सम्पन्न भएको छ भने बुधबार पोखरामा हुँदैछ । त्यसपछि सिमरामा गर्ने तयारी भएको गृह मन्त्रालयले जनाएको छ ।

यस्तो छ चुनावी सुरक्षा व्यवस्था
गृह मन्त्रालयले निर्वाचनका लागि करिब २ लाख ३१ हजार सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाएको छ ।  नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान र नेपाली सेना गरी चार वटै सुरक्षा निकाय परिचालन हुनेछन् ।
यस्तै निर्वाचनमा ७५ हजार म्यादी प्रहरी परिचालित हुनेछन् । त्यसका लागि अहिले उनीहरुलाई तालिम दिने काम चलिरहेको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरा र निर्वाचन सामाग्री तथा मत पेटिका ढुवानीका लागी नेपाली सेनालाई जिम्मेबारी दिने गृहले तयारी गरेको छ । 
गृहमन्त्रीको ट्वीटले सबैलाई तर्सायो 
आईतबार बिहान भएको राज्य व्यवस्था समितिको बैठकमा कुनै पनि हालतमा निर्वाचन गराएरै छाड्ने र चुनाव हुन दिँदैनौ भन्दै हिँड्नेलाई कारबाही समेत गर्ने भनेका गृह मन्त्री विमलेन्द्र निधीले त्यही राति सामाजिक सञ्जालमा चुनावका लागि प्रयाप्त तयारी नभएको भन्दै ट्वीट गरे  । यसले सुरक्षा निकाय नै तयारी अवस्थामा नरहेको भन्ने सन्देश जान सक्ने भन्दै सबैलाई आश्चर्यचकित बनायो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०७४  १३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC