site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग बिहीबार मन्त्रालयमा नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन डारेन ह्वाइटले भेट गरे ।

भेटमा मन्त्री जोशीले लघुउद्यम विकास कार्यक्रमले ग्रामीण क्षेत्रमा ७० हजारभन्दा बढी लघु उद्यमी तयार भएको बताउँदै उद्यमशीलता विकासमा अष्ट्रेलियन सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

Agni Group

अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा व्यक्त आशयपत्रलाई लगानीमा परिणत गर्न सरकारले विभिन्न समिति बनाएर कार्य गरिरहेको उल्लेख गर्दै उनले नीतिगत सुधार तथा उद्योग मन्त्रालय र मन्त्रालयअन्तर्गतका विभागबाट प्रदान गरिने प्रशासनिक सेवालाई चुस्तदुरुस्त र पारदर्शी बनाएको बताए ।

मन्त्री जोशीले नेपाली उत्पादनको अष्ट्रेलियामा बजार विस्तारका लागि सहयोग गर्न आग्रह गर्दै नेपालमा वैदेशिक लगानीको वातावरण बन्दै गएको जानकारी दिए ।

Global Ime bank

उक्त अवसरमा राजदूत ह्वाइटले नेपालले नीतिगत सुधार गरी लगानीका लागि सहजता बनाएकोमा खुसी व्यक्त गर्दै नेपालको विकास प्रयासमा अष्ट्रेलियन सहयोगको निरन्तरता रहिरहने प्रतिबद्धता व्यक्त गरे ।

दार्चुला जिल्लामा उत्पादित अग्र्यानिक महको विश्व बजारमा राम्रो भविष्य भएकाले त्यसतर्फ ध्यान दिन उनले सुझावपनि दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७३  ००:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC