site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अंगीकृतमा नयाँ विकल्पः सात वर्षसम्म वैवाहिक परिचयपत्र, राजनीतिक अधिकारमा रोक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठकाडौं । सरकारले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव ल्याएको छ । प्रतिनिधिसभा राज्यव्यवस्था समितिमा भएको छलफलका आधारमा सरकारले वैवाहिक अंगीकृतका सम्बन्धमा नयाँ विकल्प ल्याएको हो । 

जसमा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरी नेपालमा बसोबास गरेका महिलाले नागरिकता नपाएसम्मका लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी वैवाहिक नेपाली परिचयपत्र प्रदान गर्न सकिने प्रस्ताव गरिएको छ ।

त्यस्तो वैवाहिक परिचयपत्र लिएकी महिलाले आर्थिक, सामजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्ने सम्बन्धमा नेपालको नागरिकताको प्रमाणपत्रको सट्टामा त्यस्तो परिचयपत्रलाई मान्यता दिइने विकल्प ल्याइएको छ । राज्यव्यवस्था समितिमा वैवाहिक अंगीकृतको विषय विवादित बनेको थियो । केही सांसदले वैवाहिक अंगीकृतको हकमा नेपालको कानुन उदार भएको भन्दै कडाइ गर्नुपर्नेमा जोड दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६  १०:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC