site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हेल्थ केयर कानुन पारित गर्न नसकेपछि ट्रम्पको अप्रुभल रेटिङ अहिलेसम्मकै न्युनतम बिन्दुमा झर्यो
Ghorahi CementGhorahi Cement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अप्रुभल रेटिङ अहिलेसम्मकै न्युनतम बिन्दु ३६ प्रतिशतमा आएको टाइम्स अनलाइनले जनाएको छ ।
पूर्व राष्ट्रपति बाराक ओबामाले ल्याएको हेल्थ केयर कानुनलाई प्रतिस्थापन गर्ने नयाँ हेल्थ केयर कानुन पारित गर्न असफल भएपछि उनको अप्रुभल रेटिङ झरेको बताइएको छ ।

मार्च २४ अर्थात हेल्थ केयर कानुनमा मतदान सार्नुभन्दा अगाडि उनको अप्रुभल रेटिङ ४१ प्रतिशत रहेको थियो र यो माथितिर जाँदै गरेको ग्यालुप पोलले जनाएको थियो । त्यो भन्दा एक हप्ता अघि उनको अपु्रभल रेटिङ ३७ प्रतिशतमा गिरेको थियो ।

Agni Group

गालुप पोलले दैनिक रुपमा जनताको राष्ट्रपतिको अप्रुभल रेटिङ रेकर्ड गर्दै आएको छ । गालुपले सार्वजानिक गरेको पोलले ट्रम्पको अप्रुभल रेटिङ यसअघिका राष्ट्रपतिहरु ओबामा तथा क्लिन्टनको  न्युनतम अप्रुभल रेटिङभन्दा पनि तल झरेको छ ।  ओबामाको न्युनतम अप्रुभल रेटिङ ३८ प्रतिशत थियो भने क्लिन्टनको ३७ प्रतिशत थियो । 

तर ट्रम्प जर्ज डब्लु बुशको २५ प्रतिशत तथा रिचर्ड निक्सनको २४  प्रतिशत पुग्न भने बाँकी छ । तर उनका लागि सकारात्मक पक्ष के हो भने ट्रम्पले राष्ट्रपति पदको पदभार ग्रहण गर्दा हालैका राष्ट्रपतिहरुको अप्रुभल रेटिङको तुलनामा निकै कम  थियो त्यो हिसाबमा यो गिरावट ठूलो गिरावट होइन ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १५, २०७३  ०७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC