site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
बेलायतले भन्यो, गिलगिट–बाल्टिस्तान भारतको हो
Sarbottam CementSarbottam Cement

काठमाडौं । बेलायती संसद्ले एक प्रस्ताव पारित गर्दै गिलगिट–बाल्टिस्तान भारत अधीनस्थ जम्मू काश्मीरको भाग रहेको र पाकिस्तानले यसमाथि जबर्जस्ती आधिपत्य जमाएको बताएको छ ।

उक्त प्रस्तावमा गिलगिट–बाल्टिस्तान पाकिस्तानको पाँचौं प्रान्त हो भन्ने इस्लामाबादको दाबीलाई अस्वीकार गरिएको छ । ‘आज तक’ टेलिभिजन च्यानलका अनुसार प्रस्तावमा भनिएको छ, ‘‘पाकिस्तानले त्यस्तो भूभागमा कब्जा जमाएको छ, जुन उसको होइन । यस क्षेत्रको जनसङ्ख्या वितरणमा कुनै किसिमको परिवर्तन गरियो भने विवादित क्षेत्रमा तनाव उत्पन्न हुन सक्नेछ ।’’

Prabhu Bank
Agni Group
NIC Asia

 उक्त प्रस्तावलाई मार्च २३ मा कन्जरभेटिभ पार्टीका नेता बब ब्ल्याकम्यानले टेबुल गरेका थिए । प्रस्तावमा अगाडि भनिएको छ, ‘‘गिलगिट–बाल्टिस्तान भारत अधीनस्थ जम्मू कश्मीरको वैधानिक भूभाग हो । यसलाई पाकिस्तानले सन् १९४७ देखि जबर्जस्ती अधीनमा पारेको छ र त्यहाँका जनताको आधारभूत अधिकारको बेवास्ता गर्दै उनीहरूको वाक्स्वतन्त्रतामाथि समेत बन्देज लगाएको छ ।’’ 

पाकिस्तानका बलुचिस्तान, खैबर पख्तुनख्वा, पन्जाब र सिन्ध गरी चारवटा प्रान्त रहेका छन् । निकट भविष्यमै पाकिस्तान सरकारले गिलगिट–बाल्टिस्तानलाई पाकिस्तानको पाँचौं प्रान्त घोषणा गर्ने तयारी गर्दैछ । 

Global Ime bank

भारतले चाहिँ १९४७ मा बेलायतबाट स्वतन्त्रता प्राप्त भएयतादेखि नै गिलगिट–बाल्टिस्तानलाई ऐतिहासिक र भौगोलिक आधारमा आफ्नो भूभाग बताउँदै आएको छ ।

त्यतिखेर बेलायत राज्यको सीमाअनुरूप नै भारत र पाकिस्तानको विभाजनको शर्त तय भएको थियो । उक्त पृष्ठभूमिमा बेलायती संसद्बाट पारित यो प्रस्ताव भारतीय पक्षको हितमा रहेको र यसले दूरगामी महत्त्व राख्ने समाचारमा उल्लेख छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १५, २०७३  ०३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC