site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गगन थापालाई काठमाडौंको मेयरमा उठाउने सम्भावना !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् स्वास्थ्यमन्त्री गगन थापालाई काठमाडौं महानगरपालिकामा मेयर पदमा उठाउने प्रयास कांग्रेसभित्र सुरु भएको छ ।

राजधानी पनि रहेको काठमाडौं महानगरपालिकाको नेतृत्व गर्ने व्यक्ति, भावी दलको नेता तथा प्रधानमन्त्री हुने सम्भावना भएको कारणले थापाका शुभचिन्तक उनलाई यो पदमा उठ्नका लागि कर गरिरहेको थापा निकट स्रोतले जानकारी दिएको छ । 

अहिले कांग्रेसभित्र काठमाडौं महानगरको नेतृत्व गर्न सक्ने गगन थापाबाहेक अर्को अनुहार नभएको भन्दै उनलाई अघि बढाउने कोसिस कांग्रेसभित्रैका अन्य नेताले पनि गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यसबारेमा पार्टीको आधिकारिक निकायले थापासँग कुनै छलफल नगरे पनि महानगरको नेतृत्व गर्ने व्यक्तिको खोजी सुरु भएको छ ।

“१५ वर्षभन्दा बढी राजनीति नगर्ने घोषणा गरिसकेका थापालाई अब मेयर हुँदै अघि बढ्ने समय नै छैन,” थापा निकटका एक नेता  भन्छन्, “अब मेयरमा होइन, थापाले माथि नै प्रतिस्पर्धा गर्नुपर्छ । त्यसकै आधारमा उनलाई महाधिवेशनमा पनि महामन्त्रीको उमेदवार बनाइएको हो ।”
तर अर्काथरीले भने विकसित देशको राजधानीमा रहने महानगरको नेतृत्व गर्ने व्यक्ति नै भावी प्रधानमन्त्रीको दाबेदार हुन सक्ने प्रचलन पाइएको भन्दै मेयरमा प्रतिस्पर्धा गर्नुपर्ने भन्दै थापालाई सुझाव दिएको स्रोतले जानकारी दियो ।

Global Ime bank

थापाले पनि यो प्रयासलाई बुझेका छन् । यो विषयमा कुनै टिप्पणी नगरे पनि गगन थापाले बाह्रखरीलाई भने, “हुन त मेयर संसारभर युवाले नै चलाएको देखिन्छ, तर मैले अहिले मेयरको उमेदवार हुने सोचाइ बनाएको छैन । यसबारेमा पार्टीमा पनि अझै छलफल भइसकेको छैन, बाहिर भइरहेका छलफलमात्रै हुन् । मैले बाहिर भएका यी छलफललाई भने ‘अब्जर्भ’ गरिरहेको छु ।”

उनले उमेदवारीका बारेमा यसभन्दा बढी बताउन चाहेनन् । कांग्रेस स्रोतका अनुसार नेकपा एमालेबाट प्रचार विभाग प्रमुख एवम् सचिव योगेश भट्टराईलाई अघि सार्ने तयारी भएपछि कांग्रेसले पनि उनीसँग प्रतिस्पर्धा गर्न सक्ने व्यक्तिलाई अघि सार्ने तयारी गरेको हो ।

कोको छन् कांग्रेसबाट काठमाडौं मेयरका आकांक्षी  ?

काठमाडौं महानगरपालिकाको मेयरका लागि अहिले कांग्रेसबाट तीनजनाको नाम चर्चामा छ । तीर्थराम डंगोल, राजुराज जोशी र नरोत्तम वैद्य अहिले मेयरको टिकटका लागि दौडधुपमा छन् ।

डंगोल कांग्रेसका पुराना नेता हुन् भने जोशी उद्योग मन्त्री नविन्द्रराज जोशीका दाजु हुन् । “जोशी धेरै पहिलेदेखि नै मेयरको उमेदवार बन्ने भनेर बसेका मान्छे हुन्,” कांग्रेस स्र्रोतले भन्यो, “उनी यसपटक जिल्ला सभापतिका आकांक्षी पनि थिए । उनलाई प्रकाशमान सिंहले बोलाएर तिमीलाई काठमाडौंको मेयरमा टिकट दिउँला भनेर रोकेर राखेका हुन् । उनी स्थानीय निर्वाचन जहिले भए पनि मेयरकै उमेदवार भनेर पर्खिएर बसेका व्यक्ति हुन् ।”

वैद्य सभापति शेरबहादुर देउवासँग पनि नजिक छन् । वैद्यको तर्क छ–काठमाडौंको मेयर भनेको पार्टी सभापति र भावी प्रधानमन्त्रीको नजिकको नै हुनुपर्छ, त्यसैले पनि अर्को उमेदवार छैन । उनले आफूलाई पूर्व महामन्त्री सिंहको पनि सहयोग रहने दाबी गर्दै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १३, २०७३  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC