site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
टालाटुली
Sarbottam CementSarbottam Cement

घरबेटीको अभिनय भाग १ सुरु भयो ।

मञ्चनका लागि आत्मविश्वास जुटेपछि बुबाआमालाई फोन गरेर बानेश्वर बोलाए । कौसीमा परेवा, भँगेरा चरिरहेका थिए । आफ्नै सङ्गीतमा नृत्य गरिरहेका थिए ।
“हेर्नुस्, हजुरको छोरो मेरो पनि छोरो । यस्तो हीरा छोरो पाउनु भनेको चानचुने कुरा हैन । मैले भाडामा बस्नेलाई जस्तो व्यवहार गरेको भए सोध्नुस् ।” 

हामी घरबेटीको कोठामै खाजा खाँदै थियौँ । आमा घरबेटी आमाको छेउमा बस्नुभएको थियो । “छोरोको बिहे गर्ने बेला भयो, मेरो नजरमा हीरा केटी छे । मान्छेलाई नसुहाउँदो सुट सिलाएर लगाउन सकिन्छ ? नयाँ जुत्ता लगाउँदा खुट्टामा घाउ भयो भने ?” घरबेटीले यति भनिसकेपछि बुबाआमाको मनको तुवाँलो हटेर खुसी देखिनुभयो । 

Prabhu Bank
Agni Group
NIC Asia

“यो पनि आप्mनै घर हो, बुहारी यहीँ भित्र्याए पनि हुन्छ । हिरो बाबु याँ बसेकै यत्रो वर्ष भइसक्यो ।”

“छोरोलाई हामीले भन्दा बढी बुझ्नुभएछ । हाम्री बुहारी तपाईंकी पनि बुहारी हो । यो जिम्मा तपाईंलाई छाडिदियौँ,” बुबाले यति भनिसकेपछि केटी हेर्न जाने दिनको टुङ्गो लाग्दा सबै जना हर्षित भए । त्यसपछि घरव्यवहारको कुरा सुरु भयो । 

Global Ime bank

“छोराको मन उताभन्दा यतै रमायो । किन हो हामी कसैले नहिँडेको बाटो हिडिँरहेको छ यो,” बुबाको पीरमा थोरै सहमति पनि थियो । मलाई विश्वास थियो, उहाँहरुको पीरमाथि सहमतिले विजय पाउनेछ ।

“त्यही त राम्रो त नि, संसारले चिन्छन् । देशका लागि काम गर्नु भनेको चानचुने कुरा हो ?” घरबेटीले आशुरचना गरे ।

“त्यहाँ गहिरोमा एउटा चोइटोमा पैसो हाल्देको थिएँ, यसो छाप्रो हाल्न सहयोग गर्नुपर्‍यो हजुर,” बुबाले उठाएको असाध्यै चित्तबुभ्mदो कुरामा सबैले समर्थन गरे ।

बुबाले भाडामा दिएको १२ आना जग्गाको बीच भागमा जस्ताको सानो छाप्रो थियो । रुखहरु थिए, खेतीपाती हुन्थ्यो, जस्तो भए पनि आप्mनै घरमा आनन्द ! खुल्ला हुनाले घरबेटीको घरबाट हाम्रो जग्गा देखिन्थ्यो । वरिपरि खेतैखेत थियो, घरहरू औँलामा गन्न सकिन्थे ।

घरबेटी बाको अभिनय भाग २ सुरु गर्न धेरै दिन पर्खिएनौँ । सबैभन्दा बढी अभिनय मैले, त्यसपछि केटीले, अनि लमीले गर्नुपर्ने होला ! घरमा दाइको गाडी तयार थियो, अरु पनि थिए गाडी । पहिलोपटक औपचारिक रूपमा केटी हेर्न जाने तयारीमा घरको रौनक फेरियो ।

“मास्टर्नी हो । जोडा निकै सुहाउँदो छ !” निकै पहिले घरबेटीले भनेदेखि मुटुको रप्mतार बढिसकेको थियो । दाइले चलाएको गाडीको अगाडि बसेँ । गाडी लिएर आएकी पुनम मभन्दा खुसी थिइन्, असल ह्रदयका मान्छे अरुको खुसीमा आप्mनो खुसीमा भन्दा झन् धेरै खुसी हुन्छन् ।

घरबेटी बा अर्थात् लमीले फोन गरेर तयार रहन जनाउ घण्टी दिए । चिरपरिचित लमीले झैँ परैबाट तीन तलाको हरियो घर देखाए । घरभित्र बस्ने मान्छेहरु कस्ता कस्ता होलान् ! अरुले अनेक कुरा गरे पनि मेरो ध्यानमा आफ्ना लागि भावीले लेखेको केटीको चित्र बनाउँदै थिएँ । हाम्रो गाडी घरको कम्पाउन्डभित्र पस्यो, अरु गाडी बाटैछेउ रोकिए । पूर्वाभ्यास गरेकै भए पनि मेरो मुटुको धड्कन झन् बढ्यो । 

स्वागतका लागि तम्तयार केही मान्छेले लमीलाई उपहार टक्र्याए । सबैका आँखा, ध्यान मैमाथि थियो । लाग्दै थियो, म मञ्चको बीच भागमा छु । दर्शकहरू मेरो प्रस्तुति हेरिरहेका छन् । मलाई उनीहरूले तीन तलामाथि पुर्‍याए । 

प्रवेशका लागि भनिएको कोठामा पस्न असाध्यै डर लाग्यो । मानौँ झम्टिन तयार भूतलाई जिस्काउन म कुनै भूतघरभित्र पस्दैछु । ढोकामै उभिएर त्यही कोठाको सबैतिर पलभरमै आँखा नचाउँदा भूत पनि थिएन, मान्छे पनि थिएनन् । थिए त सोफा, टेबल, सफा रातो नेपाली गलैँचा । 

अर्काे आग्रहपछि बगरेले घिसारेको खसीभैmँ भएर त्यो कोठामा पस्दा हाम्रोपट्टिका सबैले पछ्याए । लमी मध्यस्थकर्ता भएर ढोकाबाट प्रवेश गर्ने एक–एक जनालाई चिनाइरहेका थिए । हामी नमस्कार फर्काइरहेका थियौँ— जसलाई चिनाउँथे, उसैलाई । मलाई बाबु, उहाँको बुबा, उहाँको आमा, उहाँको दाइ, हैन त हजुर ! अरुचाहिँ हामी आफन्तहरू भनौँ न । मेरो अनुमान गलत निस्कियो । सबैभन्दा बढी अभिनय लमी अर्थात् घरबेटीले पो गर्नुपर्‍योे ।

केको ढिला गरिरहेको हो जस्तो लागिरहेको थियो मनमा । केटीपट्टि पालैपालो निस्किनेमा ढाका टोपी लगाएका एकजना केटीका बाबु थिए । बिहे गरियो भने ससुरा बा भनौँला । अर्का थिए मामा । उस्तै—उस्तै तर अलि पुरानो ढाका टोपी पहिरएका । लौ ! केटीकी आमा हो कि दिदी हो, कस्ती तरुनी ! कान्छी बिहे गरेका पक्कै हैनन् होला । केटीकी आमाले टिसर्ट, पाइन्ट लगाएकी थिइन् । त्यो देखेर खिस्रिक्क परेँ । परम्परागत सोच भएका मेरा बुबाआमाको हालत के भयो होला ? नमस्कार फर्काएँ तर त्यो महिलापट्टि बुबाआमा नै फर्किनुभएन । 

जो पनि मलाई नै हेरिरहेका थिए । आँखा जुध्नेबित्तिकै मुसुक्क हाँसिहाल्थे । जवाफमा हाँस्नै पर्‍यो, मन परे पनि, नपरे पनि । ढोकाबाट चिहाइरहेका तीनवटी केटीतिर अघि नै मैले आँखा घुमाइसकेको थिएँ । सोचिरहेको थिएँ, यी तीनमध्ये कोही पनि नहोस् । 

केटीका बाबुले तिनैजनालाई भित्र बोलाएर सोफामा राखे । एउटी छेउकी थिइन् बहिनी पर्ने । भविष्यमा मेरी साली पर्न सक्ने ! बीचमा थिइन्– मैले मन पराएँ र भइन् भने मेरी श्रीमतीकी साथी । सबैभन्दा छेउकी को हो त ? कतै त्यही त हैन मेरी घरकी बुहारी यानेकि भइन् भने मेरी श्रीमती ? भएका सबै जनाको मुहारमा मुस्कानमात्रै थियो, मुस्कानप्रदायक जुस पिएजस्तो ।

पल्लो घरकी छिमेकी रै’छे । त्यो ठीकै भयो । कमसेकम उसलाई हेर्न हामी गएका हैनौँ । केटीका दाइ आए । बस्दा पनि नबसी गएर पहिले आप्mनी बहिनीलाई ल्याए । यति छिटो ल्याए कि त्यसपछिको मेरो भाव कस्तो हुनुपर्छ भनेर मैले सोच्नै पाइनँ । यतिन्जेलको मेरो व्यग्रता त्यही नेपाली गलैँचामा पोखियो । 

केटी ल्याएपछि सबैभन्दा पहिले पुनमले मेरो अनुहारमा हेरिन् । कसैले नदेख्ने गरी मलाई देब्रे आँखा झिम्क्याइन् । घरबेटीले मलाई हेरे । श्रीरामका बूढाबूढी खासखुस गर्न थाले । मैले केटीलाई हेरेँ, त्यसपछि बुबाआमालाई हेरेँ । उहाँहरूको भाव पढ्नु थियो । जूनको चमक परेझैँ बुबाआमा दुवैको अनुहार उज्यालो भयो । 

केटी आएपछि कुराको गति चार गेयरमा अगाडि बढ्यो । एक मनले सोच्यो– कस्तो हतार गरेर बाहिर निकालेको होला ! अलि हुन्छ नि, चलचित्रको जस्तो सुस्तरी पाइला चाल्दै, केटीको हातमा केही होस् चिया वा मिठाईको किस्ती । केटी लजाउँदै आओस् । 

उनी त फुत्तै आएर साथीहरूको छेउमा बसिन् । अरु सबै जना आ—आफ्ना किसिमले औपचारिक कुरा गर्दै थिए । म मस्तिष्कबाट अघि बनाएको तस्बिर मेट्दै थिएँ । मन बेस्सरी दोधारमा पर्‍यो । 

उनलाई सबैभन्दा बढी आमाले हेर्दा मैले पनि लुकीलुकी नहेरेको होइन । केटी भुइँतिर हेरिरहेकी थिइन् मानौँ अस्ति गलैँचामा हराएको मसिनो कुरा आज देखिनन् । मलाई केटीले ‘ओभर एक्टिङ’ गरेजस्तो लाग्यो । उनका मामा र दाइले मेरो केरकार गरे । मैले लुकाउनुपर्ने केही थिएन । आमाले चित्त बुझाएपछि कुरा लगभग पक्कापक्की भयो । 

“हिरोबाबुको बारेमा पत्रपत्रिका पढ्दा पनि थाहा पाइन्छ धेरै कुरा त !” घरबेटीले यहाँ पनि आशुरचना गरे ।

पक्कापक्कीको नजिक पुग्न लाग्दा मैले जबर्जस्ती उसको मुखमा हेरेँ, हेरिरहेँ । उनले मलाई हेरिनन् । बरु उनका साथीहरू पो आँखा सन्काइरहेका थिए । 

“बहिनीले मन पराइन् भने कुरा सकियो हजुर,” दुलहीपट्टिको निर्णयस्वरूप केटीका दाइ बोले ।

अरुबाट कुरा पक्कापक्की भइसकेपछि मैले निर्णय दिन सकिनँ । तर, मेरो निर्णयबिना कुरा अगाडि नबढ्ने पनि पक्का थियो । आमाको चित्त बुझेपछि मेरो पनि चित्त बुझ्यो । केटी मन पर्‍यो ! 

कामकुरो छिनियो । सबैजना बाहिर निस्किए । हामी दुई पक्षी त्यो पिँजडामा थुनियौँ । उठेर उनको नजिक गए पनि छेउमै बस्न सकिनँ । उनको ध्यान भुइँमै थियो । शरीरमा कुनै हलचल थिएन । चाहन्थेँ– उनैले कुरा सुरु गरून् । तर, भएन त्यस्तो । आफैँ बोल्न सुरु गरेँ । नयाँ कलाकारसँग ‘गिभ एन्ड टेक’ राम्रोसँग भएन भने, ‘नर्भस फिल’ हुने नै भयो । यस्तो ‘नर्भस’ कुनै पनि नाटकमा भएको थिइनँ । 

बाहिर भँगेराहरूको सङ्गीत सुनियो । हावा सुस्तसँग बहेको सुनियो । उनले सास फेरेको सुनियो । तर बोली सुनिएन, बोलिनन् ।

“ल हिरोबाबु, कुरा सकियो । मेरो काम फत्ते भो । तपार्इंहरूको काम सुरु भयो । मलाई गाल नपार्नू । ... कन्याको नाम के पर्‍यो ?” बिदा भएर गाडीमा आएपछि घरबेटीले सोध्दा सबै जना अकमक्क परे । नाम, थर, गोत्रका काम अघि नै सकिएको थियो । पक्का भयो– घरबेटीले ‘ओभर एक्टिङ’ गरे । 

“कन्याको नाम ?” सबैको एक स्वर भयो । कसरी भुल्न सकेका ? घरबेटीको सुद्धि देखेर बरन्डामा उभिएका केटीहरु हाँसे ।

“मलाई चाहिँ मान्छे पनि मनकारी, नाम पनि मनकारी लाग्यो,” आमाले भन्नुभयो ।

“बुबा नाम त भुलेको छैन ... त्यति राम्रो नाम कसैले भुल्छ ? दुलाहा राजाको हृदयमा गाडिइसक्यो,” यो जिस्काइ पुनमको ।

“ए हो त, कस्तो सुद्धि ! नाम त पहिल्यै थाहा भइसकेको हो नि,” घरबेटीले सम्झिए ।

“कस्तो भुलिबक्सेको ? लमी भएर आउने, अनि आफैं भुलिबक्सने हजुर ! बहिनीको नाम ।”
“भन्नैपर्ने हो र ?” केटीका बुबाको स्वर ।

“बिर्सिएको होला, भन्देऊ न,” केटीकी आमाको नरम मीठो स्वर ।

“दुलाहा राजाले पनि नाम बिर्सिएको हो कि ?” बरन्डाबाट केटीको आवाज आउँदा एक हूल केटीहरू हाँसे ।

“कुसुम !” 

“त्यही त, कुसुम,” पुनमले थपिन् ।

केटीका दाइको नरम स्वर सुनेर पुनमले थपेपछि उनलाई चिन्नेहरू सबैको हाँसो गुन्जियो । बुबाआमा दाइको गाडीमा बसिसक्नुभएको थियो । हामी पुनमको गाडीमा बस्यौँ । हाम्रो चालढाल देखेर दुलहीपट्टिकाले के ठाने होलान् ? 

“यत्रो नाटक रच्नुपर्ने है ?” श्रीरामको बोली फुट्यो । 

“जे भए पनि घरबेटी बुबाको अभिनय राम्रो छ है !” पुनमले तत्कालै भनिन् ।

“ओभर एक्टिङ भयो नि बुबा । नाम थाहा हुँदाहुँदै किन सोधेको ?” मेरो प्रश्न मिसियो । 

“हिरोबाबु ... तपाईंहरु मुसुमुसु हाँस्ने, आँखा झिम्क्याउने गर्न थाल्नुभयो । शङ्का गरेजस्तो लागेर, के गरौँ गरौँ भयो,” जोडसँग सबै जना हाँस्दा पुनम पनि गाडी रोकेर हाँसिन् । हो, उनी हृदयमै बसेकी कुसुम थिइन् । मागी विवाहको धोको पूरा गर्न, बुबाआमालाई विश्वास दिलाउन यो नाटक गरेका थियौँ । बुबाआमाको बुहारी रटान चर्किएको त्यो दिन कुसुमसँग सल्लाह गर्दा भनेकी थिइन् एउटा नाटकीय संवाद, “हो, म पनि तपाईंलाई प्रेम गर्छु । तर म लभ म्यारिजका लागि तयार छैन । सुइँकोसम्म पायो भने दाइले काट्छ मलाई ।”
सांग्रिला बुक्सले बजारमा ल्याएको ‘टालाटुली’ यही चैत १४ गते शिल्पी थिएटरमा अनावरण हुँदैछ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १२, २०७३  ०९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC