site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
तीन सेकेन्डले ज्यान जाने रहेछ
Sarbottam CementSarbottam Cement

ट्राफिक प्रहरीलाई झुक्याएर हामी सडक नियम पालना गर्न नपरे हुन्थ्यो भन्ने ठान्छौं । घरमा आनन्दले सुत्न, टिभी हेर्न, चिया पसलमा गफ गर्न हामीलाई पर्याप्त समय हुन्छ । तर, सडकमा हिँड्दा भने हामी हतारमै हुन्छौं । सबैलाई अगाडि नै आफ्नो गन्तव्यमा पुग्नुपर्छ ।
हामी जिन्दगीको दौडमा सडकमै ढिला कुदेकैले पछाडि परेको ठान्नसमेत पछि पर्दैनौं ।

साथै हाम्रो सडक व्यवस्थापन पनि उस्तै नै छ । त्यसमा पनि सडक बनाउने निकाय, सडक व्यवस्थापन गर्न बसेका ट्राफिक पनि बफादार र पूर्ण जिम्मेवार छैनन् ।

हाम्रो सहरको विकास पनि सबै सडकमै छ । पानी, बत्ती, इन्टरनेट, केबल, टेलिफोन ढल आदि । सबै विकास एकै ठाउँमा भएपछि स्वभावैले पनि त्यसलाई समयअनुसार मर्मत, थप, परिमार्जन गर्नुपर्यो । त्यसकारण सडक चिल्लो हुने कुरा आएन । तार–केबल, ढल, पानी ल्याउँदा बाटोमा खाल्डो पार्नु नै पर्यो । त्यसैले सडकमा हिँड्दा ज्यान जोगाउने आफैंले हो ।

Prabhu Bank
Agni Group
NIC Asia

अनि चोक–चोकमा खटिएका ट्राफिक प्रहरीको कुरा गरौं । उहाँहरूले पनि कतिलाई हेरेर सक्ने ? काठमाडौंमा ५० लाखभन्दा बढी बसोबास गर्छन् । करिब १० प्रतिशत सडकमा कुदे पनि ५ लाख हुने भए । काठमाडौं उपत्यकाभरि १ हजार ट्राफिक प्रहरी छन् । त्यसमा पनि सडकमा ‘लाइभ ड्युटी’मा खटिनेको संख्या एकचौथाइ होला । अनि २५० ट्राफिकले कसरी ५ लाखलाई निगरानी गर्न सक्छन् ?
ट्राफिकलाई झुक्याउन हामी एक वर्षमा ३६४ दिन सक्छौं । एक दिनमात्रै हामी ट्राफिकको फन्दामा पर्छौं ।

एकदिन म पनि त्यो फन्दामा परेँ ।

Global Ime bank

मैले मापसे गरेको पनि थिइनँ । शायद मेरो विचारमा लेन मिचेको पनि होइन ।

तर, मैले ‘ननस्टप’ सेतो सीधा रेखा भएको थापाथली–माइतीघर रोडबाट मोटरसाइकल ‘यु टर्न’ गरेको थिएँ ।
म त्रिपुरेश्वरबाट थापाथलीका लागि आएको थिएँ । तर, थापथली प्रसूति गृह सडक छिर्नुपर्ने मान्छे हिँड्दा–हिँड्दै आफ्नो लाइन छोडेछु । र म माइतिघरतिर लाग्न बाध्य भएँ ।
तर, म थापाथली प्रसूतिगृह साइडमै रहेको अफिसमा आउनु थियो । त्यसैले केही अगाडि बढेँ र राष्ट्र बैंक छिर्ने गल्ली नजिकबाट मोटरसाइकल ‘यु–टर्न’ गरेँ ।

त्यो ट्राफिक नियमविपरीत रहेछ । सीधा सेतो लाइन भएको ठाउँबाट गाडी मोड्न पाइँदैन रै’छ ।
मैले पारिपट्टि ट्राफिक प्रहरी नदेखेको होइन । उनलाई म पारि आउँदै छु भन्ने पनि थाहा थियो ।
म साइड लाइट बालेर केही सेकेन्ड अडिएको थिएँ । म फर्किन वा पारि क्रस गर्न नपाउने भए उनले नमिल्ने इसारा गर्छन् भन्ने लागेको थियो । तर, इसारा नगरेपछि म फर्किएको हुँ ।
म फर्किएँ । उनले मलाई केही तल आएर च्याप्प समाए र चिर्कटो काटिहाले ।
चिर्कटोमा गलत साइडमा सवारी चलाएको भनेर नियम ४ (घ) मा टिक लगाइएको थियो । मेरो लाइसेन्स उनैले लिएर गए ।
म सधंै ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने सोच्छु । सकभर त्यो व्यवहारमा पनि कार्यान्वयन गर्न खोज्छु ।
ट्राफिकलाई देखेर होइन, म सडकमा हिँड्दा आफ्नो जीवनरक्षाका लागि नियम पालना गर्नुपर्छ भन्छु ।
तर, कहिलेकाहीँ बाटोमा के मुड आउँछ कुन्नि, आफ्नो लेन छोड्न नहुने ठाउँमा ओभरटेक गर्न मन लाग्छ । विपरीत दिशाका सवारीको बाटो मिच्न मन लाग्छ ।

करिब साढे तीन वर्षदेखि दुईपांग्रे सवारी चालक म कहिलेकाहीँ ‘सडक जोस’ निकाल्दा के फरक पर्छ भन्ने गर्थें ।
तर, त्यही ‘के फरक पर्छ र’ भन्दा कहिलेकाहीँ ट्राफिक कारबाहीमा परिन्छ । त्यो त ठूलो कुरा भएन । सामान्य कारबाहीस्वरूप सरकारलाई राजश्व तिर्ने हो । कहिलेकाहीँ भन्दा आफ्नो बानी पनि बिग्रन्छ र त्यही गल्तीले गर्दा कुनै दुर्घटनामा परियो भने...!
त्यसैले सडकमा हिँड्दा कहिल्यै हतार गर्नु हुँदैन । यो त हामी सबैलाई जानकारी नै छ । तर, पनि हामी हतार नै गर्छौं । मैले पनि गर्थेँ ।
अब मेरो कारबाहीको विषयमा फर्काैं ।

अहिले मापसे र लेन मिच्ने चालकले कारबाहीमात्रै होइन, एकदिने ट्राफिक ‘लेक्चर’ नै सुन्नुपर्ने हुन्छ । म पनि लेन मिच्ने वर्गको कारबाहीमा परेको रहेछु । त्यसैले बैंकमार्फत ५०० रुपैयाँ बुझाएपछि ट्राफिक महाशाखा पुगेँ ।
ट्राफिक प्रहरी महाशाखाको पनि कन्तबिजोग रहेछ । ट्राफिक प्रहरी जवान–हवल्दारको ब्यारेक जस्ताले बारेका टहरामा । भूकम्पले उनीहरूको ब्यारेक भत्किएपछि अझै बन्ने सुरसार रहेनछ ।

ट्राफिक क्लास लिन पुगेका हामी त जस्ताको टहरा होइन, पालभित्र रहेछ क्लास लिने ।
हुन त क्लास लिन गएका हामीलाई झ्याल नभएको घरमा राख्दा ध्यान क्लासतिर केन्द्रित हुन्थ्यो ।
कारबाहीमा परेका चालकहरू ट्राफिकप्रति निकै झोँक्किएका थिए । उनीहरु भन्दै थिए, “मेरो गल्ती नै थिएन, यसै चिट काटिदियो । कुरा नै सुन्दैन ट्राफिक । सर मेरो गल्ती छैन भन्दा उल्टै बढी बोल्नुभयो भनेर चिट काटिदिए ।”
सबैको आ–आफ्नौ गुनासो थियो नै । म पनि चिट काटेको २ हप्तापछि त्यहाँ पुग्दासमेत ट्राफिकले चिट काटेकोमा असन्तुष्ट नै थिएँ । मलाई पनि आफ्नो गल्ती नै थिएन भन्ने लाग्थ्यो ।

तर, क्लासमा बसेर करिब आधा घण्टा सडकमा हामीले गर्ने साना गल्तीकै कारणले भएका दुर्घटनाको भिडियो दृश्य हेरेपछि मन झसंग भयो ।
त्यहाँ प्रायः दुर्घटना ट्राफिक प्रहरी भएको ठाउँमा होइन, उनीहरू पुग्न नसकेको ठाउँमा भएका थिए ।
दुर्घटना आफ्नै गल्तीले, तेस्रो पक्षले गरेको गल्ती, लेन मिच्दा, दायाँ–बायाँ नहेर्दा भएका छन् ।
त्यस्तै, सडक बत्ती नहुँदा पनि ट्राफिक नियम पालना गराउन गाह्रो छ । ट्राफिक क्लास लिने असईले भन्दै थिए, “लाइट राख्ने जिम्मा हाम्रो होइन । हामीले त भएको संरचनालाई व्यवस्थित गरेर प्रयोग गराउने प्रयास गर्ने हो । चालकले सडकको अवस्था हेरेर आफ्नो जीवनबारे सोचेर सवारी हाँक्नुहोला ।”

ट्राफिकले बाटोमा हिँड्ने सबैलाई ‘पब्लिक’ भन्छन् । त्यहाँ पनि क्लास लिनेले सहभागीलाई नमस्कार गरेर सुरु गरेका उनले भने, “यहाँ विभिन्न क्षेत्रका व्यक्तिहरू आउनुभएको छ । तर, सबै ट्राफिक नियम उल्लंघन गरेकाले हामीसँग हुनुहुन्छ । अब हाम्रो कुरा सुन्नुपर्छ ।”
उनले भिडियोले जस्तो केही नयाँ सन्देश त दिएनन् । तर, ‘ट्राफिकले चिट त्यसै काट्दैन, चालककै गल्ती भएर हो’ भन्ने प्रमाणित गरेर क्लास लिन आएकालाई ‘कन्भिन्स’ गराउनमै बिताए ।

उनले ट्राफिक नियमका संकेत, राष्ट्रिय/अन्तर्राष्ट्रिय अभ्यासबारे हामीलाई जानकारी गराए । पदले प्रहरी सहायक निरीक्षक थिए उनी । जागिर लगभग २० वर्ष भएछ ।
केही १८ वर्ष भर्खर पुगेका युवाहरू पनि क्लासमा थिए । उनीहरू ट्राफिकले बिनागल्ती कारबाही गर्ने भन्ने गुनासो गरिरहेपछि उनी आक्रोशित हुँदै भने, “तपाईँहरु केही त भर्खर १८–२० वर्षको जस्तो देखिनुहुन्छ । म सडकमै बसेको २० वर्ष भयो । तपाईंहरू मलाई नै सिकाउने ?”
उनले ‘म यसको जानकार त होइन’ भन्दै अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्र र कूटनीतिसम्मका शब्द उच्चारण गरे । अन्य विषयको त म पनि जानकार होइन । तर, कूटनीति विषयको विद्यार्थी भएकाले उनले प्रयोग गरेको ‘कूटनीति’ शब्दको तालमेल खोजेँ ।
तर, त्यहाँ कसैले पेचिलो प्रश्न गर्दा उनले ‘यस्तो कूटनीति यहाँ प्रयोग नगर्नू’ भनेका थिए । मैले बुझेसम्म उनलाई पेचिलो प्रश्न तेस्र्याउनु वा ट्राफिकको व्यवहारप्रति कसैले प्रश्न गर्नु कूटनीति होइन । कूटनीति भनेको ट्राफिक नियमसँग जोडिएको विषय त हुँदै होइन ।  
मेरो भनाइ के भने उनी ट्राफिक नियमबारे जानकारी गराउन र अर्को पटक हामीलाई त्यस्तो गल्ती नगर्नका लागि केन्द्रित हुनुपथ्र्यो ।
यसरी कुरा गर्दै गर्दा १ घण्टाको क्लास सकियो ।

मलाई समग्रमा क्लास फलदायी नै लाग्यो । ट्राफिक नियम पालना नगर्नु आफ्नै लागि घातक हो भन्ने मेरो निष्कर्ष रह्यो ।
ट्राफिकले पनि आफूहरूको गल्ती नै हुँदैन भन्ने सोच्नु पनि घमण्ड हो ।
सडकमा ड्युटीमा हुँदा यात्रु वा चालकलाई ट्राफिक नियम पालना गर्न अनुरोध गर्नु उनीहरूको पहिलो प्राथमिकता हुनुपर्छ । एउटा कुनामा बसेर कोही गल्ती गर्न आउला अनि समाउँला भनेर नबसिदिए हुन्थ्यो ।
र, अन्तिममा अर्को व्यक्ति वा सवारीका कारणले हुने दुर्घटनाले मलाई चिन्तित गरायो । तर, हरसम्भव आफ्नो तर्फबाट सवारी चलाउँदा ट्राफिक नियमको पालनामा सजक हुनुपर्छ ।

सकिन्छ भने साथीभाइसँग पनि कहिलेकाहीँ ट्राफिक नियमको कुराकानी गर्नुपर्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १२, २०७३  ०८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC