site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कपिल शर्मासँगै कति कमाउँछन् बलिउड कमेडियन ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ठट्टा मजाकले कहिलेकहीँ आफैँलाई गाह्रो बनाउँछ । कपिल शर्मालाई पनि यस्तै भयो । उनको टिमको बहिष्कारपछि बलिउड स्टार्सले पनि उनलाई त्यस्तै व्यवहार गरेका छन् । सायद यो कपिलका लागि आवश्यक पनि थियो । फिल्मीबिट लेख्छ– गत बुधबार कपिल शर्माको सेटमा कोही स्टार पुगेनन् । न सुगन्धा नै न अली नै पुगे । बाँकी थिए मात्र किकु शारदा । कपिलको शोमा कोही सेलिब्रिटी आउन तयार भएनन्, यसै कारण उनले शोको सुटिङ क्यान्सिल गर्नुपर्यो । 
स्मरणीय कुरा के छ भने यसअघि पनि झगडा (कपिल–चन्दन–सुनिल ÷ डा. महशुर गुलाटी बीचको झगडा) लगत्तै जब कपिलको टिम भारत फर्किए उनले ‘नाम शबाना’को टिमसँग सुटिङ गर्नुपर्ने थियो तर त्यहाँ पुगेर कपिल भक्कानो छाडेर रोइरहेको देखिए ।
यही विवादकै कारण पछिल्लो पटक सुटिङमा सुगन्धा पनि आइनन् । सेटमा किकु शारदा पुगेका थिए । कपिलले दैनिक दश हजारवाला कलाकार बोलाएका थिए । तर किकुका साथ मात्र कपिलले केही सुट गर्न सक्दैन थिए । आफ्नो चलचित्रको सुटिङ अगाडि कपिलले सोनी टीभीलाई कैयौँ एपिसोड सुट गरेर दिनुपर्नेछ । तर अहिले शोको कुनै भविष्य देखिएको छैन । 
यसबाहेक कपिलसँग जोडिएको एउटा कुरोले चकित बनाएको छ । कपिलले अहिले आफ्नो कमाइ तुलनात्मक रूपमा २०६ प्रतिशत वृद्धि गरेका छन् । हेरौँ फिल्मीबिटको रिपोर्टमा आधारित यो सामग्रीः बलिउडमा दैनिक कति कमाउँछन् कमेडियन ? 

आमिर खानभन्दा बढी आयकर तिरे कपिलले
यो वर्ष बलिउड स्टारमा कसले कति आयकर तिरे यो जान्न सबै उत्सुक हुन्छन् । पहिलो नम्बरमा सलमान खान थिए, दोस्रोमा अक्षय कुमार, तेस्रो नम्बरमा ऋतिक रोशन थिए । कपिलले भने २० करोड आयकर तिरे । आयकर विभागका अनुसार कपिलको एकवर्षमा कमाइ २०६ प्रतिशतले बढेको छ ।  
कपिलले यो वर्ष आमिर खान, शाहरुख खान, अजय देवगनजस्ता सुपरस्टार्सभन्दा  बढी कर तिरे । उनको कमाइ सुुन्ने हो भने होस् उड्छ । तर योभन्दा पनि बढी आश्चर्यजनक कुरो कपिल र सुनिल ग्रोवरको पारिश्रमिकको अन्तर छ । हेरौँ यहाँ टेलिभिजनका महंगा अभिनेता
कपिल शर्मा एकदिनको पारिश्रमिक ७५ देखि ८५ लाखसम्म लिन्छन् । बाहिर उनी कुनै शो गर्छन् भने त्यसको पारिश्रमिक छुट्टै हुन्छ । कपिलपछि टाढाटाढासम्म उनको बराबर कोही छैन । 
कृष्णा अभिषेकको पारिश्रमिक प्रत्येक दिनको ३५ लाख रुपैयाँ छ । तेस्रो नम्बरमा आउँछिन्, भारती सिंह जसले एक दिनको २८ लाख रुपैयाँ चार्ज गर्छिन् । यति मात्र होइन ‘नच बलिए’ मा आफ्ना ब्वाइफ्रेन्डसँग नाच्नका लागि उनले प्रत्येक दिन ३० लाख चार्ज गर्दैछिन् ।
सुनिल ग्रोवर सधैँ कपिलको टिमका उत्कृष्ट पार्ट हुन् । तर उनको र कपिलको पारिश्रमिकको अन्तरमा आकाशपातालको फरक छ । सुनिल एक दिनको १८ लाख रुपैयाँ लिन्छन् ।  
सानै उमेरमा सिद्धार्थ कहाँबाट कहाँ पुगे उनी एक दिनको १४ लाख रुपैयाँ लिन्छन् । 
गौरव ‘कमेडी नाइट्स लाइभ’बाट चर्चामा आएका थिए । यद्यपि सोसल मिडियामा उनी निकै प्रसिद्ध छन् । उनी एकदिनको पारिश्रमिक १२ लाख रुपैयाँ लिन्छन् । सुमोनाले कपिलको अनस्क्रिन श्रीमतीका रूपमा निकै प्रशंसा कमाइन । अहिले उनी १० देखि १२ लाख रुपैयाँ दैनिक पारिश्रमिक लिन्छिन् ।
पलकको नामबाट चर्चित किकु शारदाले यो शोभन्दा अघि ‘एफआइआर’ बाट निकै नाम कमाएका थिए । यो शोमा उनी प्रतिदिन ७ देखि ९ लाख रुपैयाँसम्म पारिश्रमिक लिन्छन् ।
नानी अर्थात अली असगरको प्रतिदिनको पारिश्रमिक ८ लाख छ । यो सबै विवाद झगडा चन्दन प्रभाकरलाई हप्कीदप्की गरेकाबाट सुरु भएको थियो । चन्दु कपिलका कलेजका साथी हुन् । र उनी प्रत्येक दिन ४ लाख रुपैयाँ पारिश्रमिक लिन्छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १२, २०७३  ००:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC