site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सरकारले भारतबाट २ करोड वटा एलईडी बल्ब ल्याउने, ३ वर्षको वारेन्टी, मूल्य १३० रुपैयाँ 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपालले भारत सरकार स्वामित्वको एक कम्पनीबाट २ करोड थान एलईडी बल्ब खरिद गर्ने भएको छ ।
विद्युत खपत कम र ऊर्जा वचत गर्न ठूलो परिमाणमा एलईडी बल्ब खरिद गर्न लागेको हो । सरकारले भारतको इनर्जी इफिसेन्सी सर्भिसेज लिमिटेड (ईईएससी) बाट बल्ब खरिद गर्न लागेको हो । 
नेपाल विद्युत् प्राधिकरण र भारतीय ईईएसीबीच दुई दिन भएको वार्तापछि एलईडी बल्ब खरिदको प्रक्रिया अघि बढाइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
बल्ब खरिदको प्रस्ताव तयार भइसकेको र सरकारले स्वीकृति दिएपछि आपूर्तिको काम सुरु हुने विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।
सरकारले स्वीकृति दिने बित्तिकै आपूर्तिको काम अघि बढ्ने जानकारी दिँदै उनले भने, “सम्भवतः १ महिनाभित्र बल्ब आयात हुनेछ, त्यसपछि वितरणको काम सुरु हुने छ ।” बल्ब खरिद गर्ने विषयमा दुई संस्थाबीचको वार्ता शुक्रबार सकिएको उनले जानकारी दिए । 
९ वाट क्षमता भएको बल्ब जडान भएपछि विद्युतको माग दैनिक १८० देखि २ सय मेगावाटसम्म कम हुने अधिकारीले जानकारी दिए ।  यसले २ सय मेगावाट बिजुली उत्पादन गर्ने रकम पनि बचत गर्ने उनको तर्क छ । 
कम्पनीले भारतमा प्रति बल्ब ६५ भारुमा बिक्री गरिरहेको जानकारी दिएको छ ।  नेपालमा बल्बको मूल्य बढीमा १३० रुपैयाँसम्म पर्ने देखिएको उनले जानकारी दिए । 
वितरणको खाका र मूल्य निर्धारणको काम बाँकी रहेको अधिकारीले बताए । उनले ऊर्जा बचत योजना भारतमा सफल भएकाले नेपालमा लागु गर्ने तयारी भएको हो । 
बल्ब ३ वर्ष वारेन्टीको हुनेछ । केही महिना अघि काठमाडौंमा भएको नेपाल–भारत सचिव स्तरीय संयुक्त स्थायी समिति (जेसीडब्ल्यूआर) बैठकमा भएको सहमतिबमोजिम एलईडी बल्ब खरिदको काम अघि बढेको उनले जानकारी दिए । यस आयोजनामा भारतले सहयोग गर्ने उनको भनाई छ ।
विद्युत प्राधिकरणले नियमित रुपमा बिजुली आपूर्ति गर्न थालेपछि माग घटेर साँझ (पीक आवरमा ) १ हजार २५० मेगावाटसम्म छ । विद्युत प्राधिकरणले यसवर्ष माग बढेर १ हजार ६ सय मेगावाट पुग्ने अनुमान गरेको थियो । 
 तस्बिर: गुगल 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७३  १९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC