site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एएफसी एसियन कप छनोटको लागि फिलिपिन्स जाने नेपाली टोलीको विदाई
Ghorahi CementGhorahi Cement

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत फिलिपिन्ससँग चैत १५ गते हुने ‘अवे’ खेलको लागि फिलिपिन्स जाने नेपाली टोलीको विदाई गरिएको छ । फिलिपिन्सको राजधानी मनिलामा हुने छनोटको पहिलो खेल खेल्न त्यसतर्फ जाने नेपाली टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ एन्फाले विदाई गरेको हो ।

विराज महर्जनको कप्तानीमा रहेको २० खेलाडीसहितको नेपाली टोलि शनिबार त्यसतर्फ प्रस्थान गर्नेछन् ।  नेपाली टोलीमा गोलरक्षकतर्फ किरण कुमार लिम्बु, विशाल श्रेष्ठ र विकेश कुथु तथा डिफेन्डरमा  विराज महर्जन, रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, रन्जित धिमाल र जितेन्द्र कार्की फिलिपिन्स जाने छन् । यस्तै नेपाली टोलीको मिडफिल्ड  रोहित चन्द, विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अन्जन विष्ट र सुजल श्रेष्ठले सम्हाल्दा टोलीको अग्रपंक्ति विमल घर्ती मगर, रन्जन विष्ट, भरत खवास र  कर्ण लिम्बुले सम्हाल्ने छन् ।  नेपाली टोलीको मुख्य प्रशिक्षक जापानिज ग्योतुकु कोजी, प्रशिक्षक राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षक उज्ज्वल श्रेष्ठ पनि त्यसतर्फ जाने छन् ।

Agni Group

नेपाली टोलीलाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइली, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले विदाई गरेका थिए । विदाई कार्यक्रममा बोल्दै कप्तान विराज महर्जनले फिलिपिन्स बलियो देश भएपनि नेपाली टोलि जित्नको लागि मैदान उत्रने बताए ।

यस्तै नेपाली टोलीको विदाईमा सुभकामना दिदै मन्त्री दलजित श्रीपाइलीले नेपाली फुटबल विकासको लागि खेल संरचनाको विकासमा काम भैरहेको बताए । 

Global Ime bank

“फुटबल विकासको लागि संरचना बनाउन आगामी बजेटमा ठूलो रकम खर्चको छ,“ मन्त्री श्रीपाइलीले भने, “संरचना निर्माणको लागि मैले निकै पहल गरिरहेको छु , लामो विधी र प्रक्रियाका कारण काम चाँडो हुन नसकेको हो । अब चाँडो सुरु हुन्छ ।”

त्यस्तै विदाईमा एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले नेपाली टोलीलाई जितको शुभकामना दिदै टोलीले अभ्यास खेल्न नपाए पनि फिलिपिन्सलाई पराजित गर्ने योजना बनाएर मैदान उत्रन आग्रह गरे । साथै उनले अर्को बर्षसम्म चल्ने एसियन कप छनोटको लागि एन्फासंग बजेट कम भएकोले छनोटको लागि सरकारबाट सहयोगको आश गरेको बताए ।

एएफसी एसियन कप छनोटमा ग्वामले नखेल्ने भएपछि नेपालले छनोट खेल्ने मौका पाएको हो । ग्वामले छनोटबाट हात झिकेसँगै एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाललाई  मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप जितेको हैसियतमा छनोटमा सहभागिता गराएको हो । होम एण्ड अवेका आधारमा चल्ने छनोटअन्तर्गत नेपालले आगामी बर्षको १४ नोभेम्बरमा फिलिपिन्ससँग घरेलु मैदानमा होम गेम खेल्ने छन् ।
त्यसअघि समुह एफमा रहेको नेपालले दोस्रो खेलमा आगामी जुन १३ मा यमनसँग घरेलु भूमिमा खेल्नेछ । त्यस्तै नेपालले ५ सेप्टेम्बरमा ताजिकिस्तानसँग पनि घरेलु मैदानमा खेल्दा १० अक्टोबरमा नेपालले ताजिकिस्तानसँग उसैको मैदानमा खेल्नेछ । यस्तै नेपालले २७ मार्च, २०१८ मा छनोटको अन्तिम खेलमा यमनसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ ।  समूह चरणको खेलपछि प्रत्येक समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई वर्षपछि हुने एसियन कपमा सहभागिता जनाउनेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७३  १९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC