site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राजस्व संकलन लक्ष्यको ६५ प्रतिशत
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । हालसम्म सरकारले लक्ष्यको झण्डै ६५ प्रतिशत राजस्व संकलन गरेको छ । 
बिहीबारसम्म सरकारले ३ खर्ब ६७ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यलयले जनाएको छ । सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ६५ अर्ब ८९ करोड रुपैयाँ राजस्व परिचालनको लक्ष्य लिएको छ । पछिल्लो समय राजस्व संकलन बढेपछि सरकारले लक्ष्यभन्दा बढी राजस्व संकलन हुने प्रक्षेपण गरेको छ । आउदो असारसम्म राजस्व संकलन ५ खर्ब ७९ अर्ब ३० करोड रुपैयाँ संकलन हुने सरकारको संशोधित अनुमान छ । 
 सरकारले चालु आवमा १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँको विस्तारकारी बजेट ल्याएको छ । 
यस्तै हालसम्म लक्ष्यको करिव ३९ प्रतिशत मात्र खर्च भएको महालेखाले जनाएको छ । महालेखाका अनुसार बिहीबारसम्म ४ खर्ब ८ अर्ब ५१ करोड रुपैयाँमात्र खर्च भएको छ । यसमध्ये चालु खर्च ४८.२९ प्रतिशत भई २ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । 
पुँजीगत खर्च लक्ष्यको झण्डै २३ प्रतिशत मात्र पुगेको छ । हालसम्म पुँजीगत खर्च ७१ अर्ब रुपैयाँ मात्र भएको छ । यस्तै वित्तीय व्यवस्थापनतर्फ ३३ प्रतिशत भई ३९ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । चालु आव सकिन अब साढे ३ महिना मात्र बाँकी छ । खर्चको अवस्थामा सुधार आउन सकेको छैन् । 
पुँजीगत बजेट खर्च गर्न नसकेपछि सरकारले लिएको साढे ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पनि प्रभावित हुने देखिएको छ ।
सरकारले चालु आवमा कुल बजेटको ८९.२२ प्रतिशतमात्र खर्च हुने संशोधित अनुमान गरेको छ । कुल बजेटमध्ये ९ खर्ब ३५ अर्ब ८८ करोड रुपैयाँमात्र खर्च हुने अनुमान गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७३  १८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC