site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

उत्तर कोरिया । गतः बुधबार राजधानी लन्डनमा जथाभाबी छुरा प्रहारगरी भएको आतङ्ककारी आक्रमणको उत्तरी कोरियाद्वारा सहानुभूति प्रकट स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

उत्तर कोरियाका प्रधान मन्त्री पार्क पोङ जुले बेलायतका प्रधान मन्त्री टेरेसा मेलाई पठाउनुभएको एक सन्देशमा केन्द्रिय लन्डनस्थित बेलायती संसद् भवन परिसरबाहिर भएको यस आतङ्ककारी आक्रमणमा सहानुभूति प्रकट गरेको कोरियन समाचार समितिले जानकारी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्ता आतङ्कारी आक्रमणको आफूहरु सदैव विरोधमा रहेको पनि उनले सो सन्देशमा बताएका छन् ।

उक्त आक्रमण, लन्डनको इतिहासमा सन् २००५ पछिको सबभन्दा भयावह घटना मानिएको छ । गत बुधबार राति भएको यस आक्रमणको इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समूहले जिम्मा लिएको छ ।

Global Ime bank

आइएसको निकट मानिने अमास न्युज एजेन्सीमार्फत् उक्त समूहले बिहीबार आक्रमणको जिम्मेवारी लिएको हो । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १२, २०७३  ०४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC