site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
साउदीमा आममाफीको घोषणा, स्वदेश नफर्कनेलाई १ लाख रियाल जरिमाना
Ghorahi CementGhorahi Cement

काठमाडौं । साउदी अरब सरकारले आगामी चैत १६ गतेदेखि तीन महिनासम्मका लागि आममाफीको घोषणा गरेको छ । यो समयावधिमा आफ्नो मुलुक नफर्कने अवैधानिक आप्रवासी कामदारलाई १५ हजारदेखि १ लाख रियालसम्म जरिमाना गर्ने साउदी सरकारले बताएको छ ।

साउदी अरबको अध्यागमन विभागलाई उद्धृत गर्दै गल्फन्युज अनलाइनले जनाएअनुसार जरिमानासँगै पुनः साउदी जान नपाउने गरी कारबाही हुनेछ ।

Agni Group

तोकिएको अवधिभन्दा बढी बसेका, धार्मिक भ्रमणमा गएर बसेका, अन्य भिसामा गएर अवैध रूपमा बसेका वा अनुमतिपत्र बिना नै काम गरिरहेका लगायत आप्रवासीलाई यो प्रावधानले स्वदेश फर्कन सजिलो हुने बताइएको छ ।

साउदी अरबमा १ करोड २० लाख आप्रवासी कार्यरत छन् । साउदी सरकारले यसअघि सन् २०१३ मा आममाफी दिएको थियो । यसपछि यस्तो मौका नआउने भएकाले आफ्ना नागरिकलाई त्यहाँको सरकारले अवैधानिक आप्रवासीलाई घर  फर्काउने प्रक्रियामा सघाउन सूचना जारी गरेको छ ।

Global Ime bank

गत मार्च १९ मा त्यहाँका क्राउन प्रिन्स मोहम्मद बिन नायफले ‘अवैधमुक्त राष्ट्र’ अभियान घोषणा गर्दै ९० दिनसम्म आममाफी दिने बताएका थिए ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७३  १६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC