site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस सांसदको प्रश्न– चुनाव आयो, पार्टी कहाँ छ ? केन्द्रीय प्रतिनिधिको रिपोर्ट–धेरै ठाउँमा एमालेसँगै प्रतिस्पर्धा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि अब ५१ दिनमात्रै बाँकी छ, तर संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा पार्टीको आन्तरिक रणनीति तय गर्न नसकेको भन्दै नेतृत्वको चर्को आलोचना भएको छ ।
कांग्रेसले प्रादेशिक संरचनामा पार्टीको अवस्था, स्थानीय तहको निर्वाचन, घोषणापत्र तयारीका बारेमा छलफल गर्न आइतबारदेखि केन्द्रीय समितिको बैठक बोलाएको छ ।
केन्द्रले तयारी नथाले पनि जिल्ला तहले स्वतःस्फूर्त रूपमा स्थानीय निर्वाचनको तयारीमा तिव्रताका साथ लागेको सांसद्हरुले जनाएका छन् ।
उनीहरुले केन्द्रले अहिलेसम्म निर्वाचनसम्बन्धी कुनै रणनीति नबनाएको भन्दै आक्रोश समेत पोखेका छन् । “स्थानीय तहको निर्वाचनमा सबै पार्टीले केन्द्रदेखि नै तयारी थालेका छन्,” नेपाली कांग्रेस ओखलढुंगाका सांसद रामहरि खतिवडा भन्छन्, “हामी आफ्नै किसिमले जिल्लामा खटेका छौं । निर्वाचनको तीव्र तयारीमा छौं तर पार्टीले अहिलेसम्म कुनै वास्तै गरेको छैन ।”
उनले नगरपालिका र गाउँपालिका तहको संरचनामा पार्टी तत्कालै जानुपर्ने भए पनि सुस्ताएको भन्दै आक्रोश पोखे ।
“७० वर्षसम्म हुन नसकेको काम संविधान जारी गर्ने काम कांग्रेसकै नेतृत्वमा भयो, तर अहिले पार्टी सुस्तायो,” उनले भने, “कहाँ केमा व्यस्त छ पार्टी नेतृत्व ? पार्टी बचाउने र जगाउने काम अहिले केन्द्रबाट होइन, जिल्लाबाट भएको छ ।”
उनले स्थानीय तहमा कार्यकर्ता आफ्नै किसिमले लागेको भए पनि केन्द्रबाट कुनै निर्देशन समेत प्राप्त नगरेको बताए ।  अर्का सांसद् तथा नुवाकोट सभापति जगदिश्वर नरसिंह केसीले पनि आफूहरु पार्टीको निर्देशनको पर्खाइमा रहेको बताए ।
“गाउँपालिका र नगरपालिकामा आफ्नै तरिकाले उमेदवारी घोषणाको काम भइरहेका छन्,” उनले भने, “तर केन्द्रको कुनै निर्देशन छैन, गाउँपालिका र नगरपालिकामा पार्टीको कस्तो संरचना हुने केही थाहा छैन ।”  उनले केन्द्रको निर्देशनबिना जिल्ला, गाउँपालिका र नगरपालिकामा निर्वाचनको माहोल बनेको बताए ।
कांग्रेस स्याङ्जाका सभापति तथा सांसद् कमल पंगेनीले पनि जिल्ला तहमा स्थानीय निर्वाचनको तयारी भए पनि केन्द्रले अहिलेसम्म कुनै निर्देशन नदिएको स्वीकार गरे ।
उनले कुनै पनि हालतमा अहिले निर्वाचन सम्पन्न गर्नैपर्ने दायित्व भएकाले यसमा पार्टीले तत्कालै ध्यान दिनुपर्ने बताए ।  कांग्रेस सांसद बद्री पाण्डेले पनि आफूहरु स्थानीय तहको निर्वाचन केन्द्रित अभियानमा जिल्लामै खटिएको धारणा राख्दै केन्द्रीय समितिले निर्णय नगर्दा स्थानीय संरचनामा केही समस्या परेको बताए ।
“हामी अहिले पनि जिल्लामै खटिएका छौं,” उनले भने, “अब आइतबारदेखि बस्ने केन्द्रीय समितिको बैठकमा ठोस निर्णय हुन सक्छ ।”

\"\"
 
प्रतिस्पर्धा एमालेसँगै !
स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दैै नेपाली कांग्रेसले ७५ वटै जिल्लामा प्रतिनिधि खटाएको थियो ।
केन्द्रले दिएको निर्देशनबमोजिम प्रतिनिधि सबैजसो जिल्लामा पुगेर त्यहाँको अवस्था बुझेर फर्किएका छन् । उनीहरुले केन्द्रीय समितिमा रिपोर्ट बुझाउने काम जारी छ ।
“केही जिल्लामा खटाइएका मन्त्रीको व्यस्तताले गर्दा जान सक्नुभएन होला, बाँकी सबै जिल्लामा प्रतिनिधि पुगेर रिपोर्ट प्राप्त भइसकेको छ,” कांग्रेस केन्द्रीय कार्यालय स्रोतले भन्यो ।
जिल्ला पुगेका प्रतिनिधिले जिल्लामा पार्टीको अवस्था कस्तो छ, पार्टीका संरचनाले पूर्णता पाएका छन् कि छैनन्, विकासको काममा पार्टीको अवस्था कस्तो छ, आगामी चुनावमा प्रतिस्पर्धी कुन पार्टी छ, उसको अवस्था कस्तो छ आदि विषय समेटेर प्रतिवेदन पार्टी कार्यालयमा बुझाएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पनि धेरै जिल्लाबाट रिपोर्ट प्राप्त भएको जानकारी दिँदै १३ गतेसम्म सबै रिपोर्ट प्राप्त हुने विश्वास व्यक्त गरे ।
उच्च स्रोतका अनुसार अहिलेसम्म पार्टी कार्यालयमा प्राप्त रिपोर्टअनुसार धेरैजसो जिल्लामा नेकपा एमालेसँगै प्रतिस्पर्धा हुने देखिएको छ ।
“कांग्रेस सबै जिल्लामा पहिलो वा दोस्रो पोजिसनमै रहेको पाइएको छ,” स्रोतले भन्यो, “तर सबै  जिल्लामा एमाले पहिलो र दोस्रो छैन, कतिपय जिल्लामा एमालेबाहेकका शक्तिसँगै कांग्रेसको प्रतिस्पर्धा हुने देखिएको छ ।”
उनका अनुसार मधेसका धेरै जिल्लामा एमालेबाहेकका पार्टीसँग प्रतिस्पर्धा हुने देखिए पनि कांग्रेसको मुख्य प्रतिस्पर्धी एमाले नै हो ।
बागलुङ, गोरखा, रोल्पा, भक्तपुर जस्ता जिल्लामा पनि एमालेबाहेक अन्य पार्टीहरुसँगै प्रतिस्पर्धा हुने रिपोर्ट केन्द्रीय प्रतिनिधिले बुझाएको स्रोतले जानकारी दियो ।
“स्थानीय तहमा निराशाजनक अवस्था आउँदैन, यसमा हामी ढुक्क छौं,” एक केन्द्रीय प्रतिनिधिले बाह्रखरीसँगको कुराकानीमा भने, “यसअघि कैयौं जिल्लामा पार्टीभित्रै मेलमिलाप नभएर हारेका रहेछौं । अहिले पनि सबैभन्दा ठूलो दल आफ्नै पार्टीभित्रबाट छ ।”

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७३  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC