site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन वैशाख १२ मा
Sarbottam CementSarbottam Cement

काठमाडौं । दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन आगामी वैशाख दोस्रो साता हुने भएको छ । आयोजक ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै  दोस्रो संस्करणको म्याराथन आगामी वैशाख १२ गते हुने जानकारी गराएको हो ।

टानले २०७२ वैशाख १२ गते गएको भूकम्प गएको दिन पारेर म्याराथन आयोजना गर्न लागेको हो । उक्त भूकम्पले क्षति पुर्याएको लाङटाङ क्षेत्रको पर्यटकीय गतिविधि र पदयात्रा सुचारु भएको तथा सुरक्षित छ भनेर सुचना प्रदान गर्न म्याराथन आयोजना गरिएको टानले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

खुला म्याराथनमा पुरुष र महिलाको स्पर्धामा स्वदेशी–विदेशी धावकहरूको सहभागिता रहनेछ । म्याराथन लाङटाङ राष्ट्रिय निकुन्जको क्यान्जिङ गुम्बाबाट सुरू भई गाउँ थाङस्याप, तवेला लामा होटल, रिम्चे, खान्जिम, लिङलिङ हुदै स्याब्रुबेसीमा पुगेर समाप्त हुनेछ । 

दुवै स्पर्धाका विजेताले समान १–१ लाख, उपविजेताले ७५–७५ हजार र तेस्रो हुनेले ५०–५० हजार रुपैयाँ पाउनेछन् । तर, धावकको सङ्खा अहिले नै एकिन नभएको टानका महासचिव कर्णबहादुर लामाले जानकारी दिए । म्याराथनमा सहभागी हुन नेपाली धावकले १७ सय तथा विदेशीले ५० युएस डलर बुझाउनु पर्नेछ ।

Global Ime bank

टानले गत वर्ष भने लाङटाङ गोसाइँकुन्ड हाफ म्याराथन आयोजना गरेको थियो । समुद्र सहतदेखि ४,३८० मिटरको उचाइमा रहेको गोसाइँकुण्डबाट सुरु भएको हाफ म्याराथनको पहिलो संस्करणको उपाधि पुरुषतर्फ नेपाली सेनाका धावक भरत खत्रीले जितेका थिए। त्यस्तै महिलातर्फ रसुवाकी फूलमाया स्याङ्वाले उपाधि जितेकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७३  १३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC