site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ट्रेडमार्क दर्तामा सुधार, ७ वर्षमा साढे १४ हजार दर्ता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । केही वर्षअघि खस्किएको ट्रेडमार्क दर्ता पछिल्लो समय सुधारिँदै गएको छ । सात वर्षयता स्वदेशी र विदेशी गरी १४ हजार ४३८ ट्रेडमार्क दर्ता भएका छन् । 

उद्योग विभागका अनुसार पछिल्लो तीन वर्षमा ट्रेडमार्क दर्तामा निकै सुधार भएको छ । विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले भूकम्प, नाकाबन्दी आदिले भने ट्रेडमार्क दर्तामा केही प्रभाव पारेको बताए । “केही महिनायता भने सुधार भएको छ । यसलाई उद्योग क्षेत्रको लागि सकारात्मक रूपमा लिन सकिन्छ,” उनले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

विभागका अनुसार अहिले अघिल्लो वर्षभन्दा ५० प्रतिशत दर्ता संख्या बढेको छ । तीन वर्षअघि १८ सय ६२ ट्रेडमार्क दर्ता भएकोमा यो वर्ष २७ सय ८६ पुगेको छ ।

स्वदेशी ट्रेडमार्क नै बढी दर्ता भएको विभागको तथ्यांक छ । सात अवधिमा ७ हजार ३ सय ६० स्वदेशी तथा ७ हजार ७८ विदेशी ट्रेडमार्क दर्ता भएको छ । निवेदन दिनेमा पनि स्वदेशी नै बढी छन् । विभागले ६० प्रतिशतभन्दा बढी स्वदेशी ट्रेडमार्क दर्ता भएको जनाएको छ ।

Global Ime bank

प्रवक्ता भुसालका अनुसार ट्रेडमार्कको लागि विभागमा निवेदन आएपछि दाबीविरोधका लागि ९० दिनको सूचना प्रकाशित गरिन्छ । “कुनै पनि दाबी विरोध आएन भने निवेदन दिएको करिब ६ महिनाभित्र उद्योगहरुले आफ्नो ट्रेडमार्क पाइसक्छन्,” उनले भने, “तर दाबी विरोध पर्यो भने प्रक्रिया लम्बिन्छ ।” ट्रेडमार्क दर्ता गर्न ५ हजार रुपैयाँ शुल्क लाग्ने उनले बताए । 

७ वर्षमा दर्ता भएको ट्रेडमार्क
२०१० : स्वदेशी ८९३, विदेशी ७२९
२०११ : स्वदेशी ७६२, विदेशी ६१९
२०१२ : स्वदेशी १००१, विदेशी ९२३
२०१३ : स्वदेशी १५१९, विदेशी १०९१
२०१४ : स्वदेशी ९०९, विदेशी ९५३
२०१५ : स्वदेशी ११०७, विदेशी ११४६
२०१६ : स्वदेशी ११६९, विदेशी १६१७

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७३  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC