अर्थ व्यवसाय
काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणलाई सेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । उसले ३ करोड ९० लाख रुपैयाँबराबरको ३ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको छ । साढे ३ मेगावाटको चर्नावती जलविद्युत् आयोजना सम्पन्न गरेको कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयलाई १० प्रतिशत सेयर निष्कासन गरिसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७३ १२:१२
प्रतिक्रिया दिनुहोस्