अर्थ व्यवसाय
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भोजपुरको ग्रामीण क्षेत्रमा रहेका ३ विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ ।
बैंकले विद्योदय माध्यमिक विद्यालय, सरस्वती निम्न माध्यमिक विद्यालय र राम अमर सहिद पुस्तकालयलाई ४ थान कम्युटर र १ थान ल्यापटप सामाजिक संस्था ईश्वर मन्दिरमार्फत बिहीबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ ।
बैंकका अध्यक्ष डा. रवीन्द्रप्रसाद पाण्डेले सामाजिक संस्था ईश्वर मन्दिरका अध्यक्ष प्रमेश केसीमार्फत कम्युटर हस्तान्तरण गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७३ ११:५८
प्रतिक्रिया दिनुहोस्