site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्वकप छनौट : पाउलिन्होको ह्याट्रिकमा ब्राजिलको सहज जित
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  आगामी बर्ष रुसमा हुने विश्वकप फुटबलको छनौटमा ब्राजिलले सहज जित निकालेको छ । विश्वकप छनौट अन्तर्गत शुक्रबार बिहान भएको दक्षिण अमेरिकी महादेशको छनोटमा ब्राजिलले उरुग्वेलाई ४–१ ले पराजित गरेको हो ।

उरुग्वेको घरेलु मैदानमा भएको खेलमा ब्राजिललाई जित दिलाउन मिडफिल्डर पाउलिन्होले ह्याट्रिक गरे । त्यस्तै ब्राजिलको जितमा नेयमारले एक गोल थपे । उरुग्वेका इडिसन काभानीले एक गोल फर्काए । जितसँगै ब्राजिलले विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता भने उरुग्वेले लिएको थियो । खेलको नवौं मिनेटमा काभानीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको १९ औ मिनेटमा पाउलिन्होले एक गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो ।  

दोस्रो हाफमा भने ब्राजिल हाबी भयो ।  खेलको ५२ औं मिनेटमा पाउलिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिलको अग्रता २ – १ बनाए । खेलको ७४ औ मिनेटमा नेयमारले गोल गर्दै ब्राजिलको अग्रता ३ – १ बनाए । त्यसपछि खेलको इन्जुरी समयमा  पाउलिन्होले गोल गर्दै ब्राजिललाई ४ – १ को जित दिलाए ।
जितसंगै दक्षिण अमेरिकी महादेशको छनोटको शिर्ष स्थानमा रहेको ब्राजिलले १३ खेलबाट ३० अंक जोडेको छ । ब्राजिलसँग पराजित उरुग्वेको समान खेलबाट २३ अंक छ । र, उरुग्वे दोस्रो स्थानमा छ । रुसमा हुने विश्वकपमा दक्षिण अमेरिकी महादेशबाट शिर्ष ४ देश सिधै विश्वकपका लागि छनौट हुनेछन् भने पाँचौ स्थानकोले प्लेअफ खेल्न पाउने छ ।
विश्वकप छनोट अन्तर्गत नै दक्षिण अमेरिकी महादेशको अन्य छनोट खेलमा कोलम्बियाले बोलाभियालाई १–० ले, पराग्वेले इक्वेडरलाई २–१ ले पराजित गर्दा भेनेजुएला र पेरुले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७३  ०७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC