site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेमा बागी विद्रोही उठे ‘अन द स्पट’ कारवाही
Sarbottam CementSarbottam Cement

काठमाडौँ । स्थानीय निर्वाचनमा ‘बागी’ ‘विद्रोही’ उठे एमालेले ‘अन द स्पट’ कारवाही गर्नेगरी उमेदवार छनोटको कार्यविधि निर्धारण गरेको छ । बिहीबार बसेको पार्टी स्थायी कमिटीको बैठकलेल बागी विद्रोही उठ्नेलाईमात्र होइन प्रस्तावक र समर्थक बस्नेको समेत सदस्यता खारेज गर्ने गरी कार्यविधि तोकेको हो । 

त्यस्तै बैठकले स्थानीय तहमा उम्मेदवार छनौट गर्दा लोकप्रिय, आर्थिक अनुशासनको परिपालना गर्ने, भ्रष्टचारमा असंलग्नहरूलाई मात्र उमेदवार बनाउने विधि तय गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै स्थानीय विकास निर्माणको काम, जनताको उत्तरदायित्व बहन गर्न सक्ने, पार्टीको उद्देश्यप्रति कर्तव्यनिष्ठ, बफादारहरूमात्र उमदवार बन्न सक्ने एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगश भट्टराईले जानकारी दिए ।  त्यस्तै उमेदवार छनोट गर्दा ‘समावेशीता’ लाई पनि ध्यानमा दिन सम्बन्धित कमिटीलाई एमालेको निर्देशन छ । 

बैठकले वडाध्यक्ष र  वडा सदस्यको उमेदवार जिल्लाले टुंगो लगाउने निर्णय गरेको छ । त्यस्तै गाउँपालिका, नगरपालिकाको प्रमुख र उपप्रमुख सम्बन्धित कमिटीको राय, सुझाव र सिफारिसको आधारमा प्रदेशले निर्णय गर्ने र उपमहानगर र महानगरपालिकाको मेयर, उपमेयरचाहिँ केन्द्र्रले नै तय गर्ने छ ।

Global Ime bank

बैठकले चार महिने, मेची–महाकाली अभियानको समीक्षा गर्दै कार्यक्रम फलदायी भएको निष्कर्ष निकालेको छ । त्यस्तै सम्पूर्ण पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा विजय लक्ष्यसहित होमिन निर्देशित गरेको भट्टराईको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७३  १८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC