site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । राजधानीको न्युरोडस्थित मख्खन गल्लीमा साडी तथा कुर्तासुरुवालको कारोबार गर्ने श्यामसुन्दर अग्रवालको अपहरण गर्ने मुख्य योजनाकार धादिङकी राधिका श्रेष्ठलाई उनकै प्रेमीले हत्या गरेको रहस्य खुलेको छ । 

गएको फागुन ५ गते श्यामसुन्दरलाई उनकै पसलमा काम गर्ने र उनकै सहयोगी राधिकाले होटलमा बोलाएर बन्धक बनाई १० लाख ७० हजार फिरौती रकम असुलेको र त्यही रात उनै राधिकाको उनकै प्रेमी प्रकाश लामिछानेले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यका अनुसार फागुन ५ गते दिउँसो १ बजेतिर अग्रवालकी विश्वासपात्र राधिकाले अग्रवाललाई सुनधारास्थित सनराइज गेष्टहाउसमा खाजा खान बोलाइन् । होटलमा दुईवटा कोटा बुक गरिएको रहेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

एउटा कोठामा अग्रवाल र राधिका अनि अर्को कोठामा अपहरणको योजना बनाउने प्रकाश लामिछाने, किशोर गिरी र सरोज घोरासैनी थिए । राधिकाले अग्रवाललाई मदिरा खुवाएर लठ्ठ बनाइन् । अग्रवाल मदिराले लठ्ठ भएको बेला अर्को कोठाबाट तीनजना निस्के र मुखमा टेप अनि हातखुट्टा बाँधे । त्यसपछि पैसा माग्न थाले । 

महाशाखाका डीएसपी अजय केसीका अनुसार अग्रवालसँग ७० हजार रुपैयाँमात्र रहेछ । अरु पैसा लिन राधिका आफैँ साडी पसल गइन् । पसलबाट राधिकाले २ लाख नगद र अग्रवालको चेक लिएर आइन् । 

Global Ime bank

अग्रवालबाट अपहरणकारीले २ लाख ७० हजार नगद लिए र ८ लाखको चेक काट्न लगाए । राधिकाले पनि आफू फस्न सक्ने भन्दै चेक छिमेकी पसलेको नाममा काट्न लगाइन् । उनले जसको नाममा चेक काट्न लगाएकी थिइन्, ती भारतीय नागरिक थिए । भारतीय भएकाले बैंकले नमानेपछि फेरि उनले भक्तपुरबाट एकजनालाई झिकाइन् र उक्त रकम सोही दिन निकालेर लगिन् । अग्रवाललाई त्यही होटलको कोठामा बाहिरबाट ताला लगाएर छाडियो । उनीहरु भागिसकेपछि बल्ल होटलका कर्मचारीले चाल पाए अनि प्रहरीलाई खबर गरे । डीएसपी केसीका अनुसार उनीहरू चारै जनाले २ लाखका दरले रकम बाँडे ।

घटनापछि चारैजनाले वसन्तपुरमा बसेर पैसा बाँडे । त्यसपछि सरोज घोरासैनी र किशोर गिरी ट्याक्सी चढेर कालीमाटी हुँदै भक्तपुर गए । राधिका र उनका प्रेमी प्रकाश पनि बाटो छुट्टै गरेर भक्तपुर नै गए । उनीहरुको योजना त्यो साँझ भक्तपुरमा प्रकाशको घरमा रमाइलो गर्ने थियो । 

प्रकाशको घर भक्तपुर बागेश्वरीमा हो । सबै जना त्यहीँ जम्मा भए घटनाको बारेमा अन्यलाई जानकारी हुन सक्ने भन्दै प्रकाशले किशोर र सरोजको सहयोगमा प्रेमिका राधिकालाई प्रकाशकै घरको कोठामा हत्या गरे अनि नजिकै लगेर गाडे । घटनाको भोलिपल्ट प्रकाश प्लेन चढेर दिल्ली हानिए । उनका सहयोगी किशोर गिरी पनि केही दिनपछि स्थलमार्ग हँुदै भारत गए अनि केही दिनमै नेपाल फर्किए ।

महाशाखाको टोलीले गिरी भारतबाट नेपाल आउँदै गरेका बेला त्रिभुवन विमानस्थलबाट बुधबार पक्राउ गर्यो । सरोज घोरासैनी पनि असनबाट पक्राउ परे । प्रकाश लामिछाने भने अझै फरार रहेको महाशाखाले जनाएको छ । 

‘पैसा कमाउनकै लागि राधिकालाई प्रेमिका बनाएको रहेछ’
अनुसन्धान अधिकारीका अनुसार प्रकाश लामिछानेले पैसा कमाउनकै लागि राधिकालाई प्रेमिका बनाएको रहस्य खुलेको छ । 
प्रकाशको वसन्तपुर गणेश थाननजिकै मोबाइल मर्मत पसल छ । राधिका त्यही बाटोबाट आउजाउ गर्दा उनीहरुको चिनजान भएको थियो । पैसावाल साहुकी सहयोगी भन्ने चाल पाएपछि प्रकाश नै उनको पछि लागेका थिए । अन्ततः उनले साहुलाई जालमा पारेर रकम असुल्न आफ्नै प्रेमिकाको प्रयोग गरे । 

राधिका श्यामसुन्दरको पसलमा काम गर्ने कर्मचारीमध्येकी विश्वासी पात्र हुन् । उनले अग्रवालको हिसाबकिताबका बारेमा सबै कुरा थाहा पाउने भएका कारण प्रकाशले राधिकालाई प्रेमिका बनाएर उनकै माध्यमबाट अपहरण गरी बन्धक बनाएर फिरौती रकम असुल्ने योजना बनाएको र त्यहीअनुसार रकम असुलेको अनुसन्धानबाट खुलेको छ । 

पोल खुल्ने डरले प्रेमिकाको हत्या
घटनाको पोल खोल्ने डरले प्रकाशले प्रेमिका राधिकाको हत्या गरेको प्रहरीको निष्कर्ष छ । अपहरण तथा बन्धकमा सहयोगी भूमिका खेल्ने सरोज घोरासैनी प्रकाशका मामाका छोरा हुन् भने किशोर उनका साथी हुन् । उनीहरु सबै मिलेर अग्रवालबाट रकम लिएपछि राधिकाको हत्या गर्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

राधिकाको शव प्रहरीले फागुन २० गते नै फेला पारे पनि अभियुक्तहरू फरार भएका कारण अनुसन्धान जारी राखेको थियो । प्रहरीले बिहीबार अभियुक्तहरुलाई सार्वजनिक गरेको छ । उनीहरुलाई थुनामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७३  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC