site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल देशभित्रका सबै समस्या थाती राखेर चीनको हाइनान प्रान्तको बोआओमा आयोजना गरिने वार्षिक ’बोआओ एसिया फोरम’मा भाग लिन त्यसतर्फ प्रस्थान गर्दैछन् । यस पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री दाहाल पटकपटक भारत गए पनि चीन गएका थिएनन् । सम्भवतः त्यही कारणले मात्र उनी बोआओ सम्मेलनमा भाग लिन गएका हुन् । हुनत, बोआओ सम्मेलनमा नेपालका सरकार प्रमुखहरू सहभागी हुँदैआएका छन् तर यसपटक स्वयं चीनका प्रधानमन्त्रीसमेत सम्मेलनमा उपस्थित नहुने जनाइएको छ । चीनका उपप्रधानमन्त्रीले सम्मेलनमा अतिथिहरूको स्वागत र चीनका तर्पmबाट नेतृत्व गर्नेछन् । यसको कूटनीतिक अर्थ यस वर्षको सम्मेलन सरकार प्रमुख स्तरको हैन । अरू धेरै मुलुकबाट पनि सरकार प्रमुखको स्तरबाट सहभागिता छैन । तर, चीन भ्रमणका अवसरमा प्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति सी जिनफिङसँग पनि भेटघाटको कार्यक्रम तय भएको बताइएको छ । सम्भवतः दाहालको चीन भ्रमणको महत्त्वपूर्ण पक्ष यही भेटघाट हो ।

चीन र नेपालबीचको सम्बन्ध सामान्यतः राजनीतिक परिवर्तनबाट अछुतो रहिआएको छ । नेपालमा सरकार बदलिँदैमा चीनसँगको सम्बन्ध चिसो वा न्यानो हुने गर्दैन । तर, गत केही वर्ष यता भने स्थिर रहँदै आएको यो सम्बन्धमा हलचल देखिन थालेको छ । नेपालको राजनीतिक अस्थिरता र चीनको अपेक्षाकृत दक्षिण एसियामा बढी ध्यानका कारण सम्बन्धमा नयाँ आयाम उत्पन्न भएको हो । नेपालको राजनीतिलगायतका विषयमा भारतको चासो र हस्तक्षेपका प्रयासले पनि चीनलाई बढी सजग बनाएको हुनुपर्छ । यिनै सबै कारणले चीन अहिले नेपालका विषयमा बढी संवेदनशील देखिएको हुनसक्छ । यस्तो अवस्थामा हुनलागेको चीन भ्रमणमा प्रधानमन्त्री दाहालले राष्ट्रपति सीसँग नेपालको आधिकारिक धारणा राख्न सक्नुपर्छ । तर, भ्रमणपूर्व चीनसँगको सम्बन्धका बारेमा देशमा व्यापक छलफल गरेर राष्ट्रिय धारणा बनाउने प्रयासै गरिएन । यस्ता विषयमा अत्यन्त संवेदनशील चिनिया पक्षले प्रधानमन्त्री दाहाललाई स्वागत सत्कार त गर्ला तर कूटनीतिक महत्त्व भने दिनेछैन ।

गत वर्ष भारतले नाकाबन्दी लगाएपछि नेपाल सरकार र नेपाली जनताले समेत चिनियाँ सहयोगको बढी नै अपेक्षा गरेका थिए । भौगोलिक कठिनाइका कारण चीनबाट तत्काल अपेक्षा र आवश्यकताअनुसारकोे वस्तुगत सहयोग हुने अवस्था त थिएन तर नैतिक समर्थन एवं सहयोग गरेर चीनले नेपाललाई गुन लगायो । भारतीय नाकाबन्दीले दिएको पीडामा चीनको नैतिक समर्थनले मलमको काम गरेको थियो । भारतमाथिको निर्भरता अन्त्य गर्ने दीर्घकालीन र भरपर्दो विकल्प आर्थिकरूपमा पनि सम्भव हुनेगरी चीनको बाटो खोल्नु नै हो । यसका लागि तेलको आयातदेखि रेलको निर्माणसम्मका विभिन्न पक्षमा छलफल, सहमति र सम्झौतासमेत भएका थिए । तर, भारतले नाकाबन्दी खोल्नेबित्तिकै नेपाली पक्षले चीनको गुन बिर्सेको वा चीनको महत्त्वलाई उपेक्षा गरेको देखियो । तेलदेखि रेलसम्मका विभिन्न सहमतिका सम्बन्धमा नेपालको सरकारी पक्षले चासो नै देखाएन । त्यस अवस्थामा चीन नेपालसँग झस्कनु र त्यसको कूटनीतिक संकेत दिनु अस्वाभाविक होइन । गत वर्ष राष्ट्रपति सीको नेपाल भ्रमण तयारीको अन्तिम अवस्थामा स्थगित हुनु यस्तै संकेत हो ।

चीनसँगको सम्बन्ध नेपालको राष्ट्रिय हितका लागि पनि सुमधुर हुनु आवश्यक छ भने भारतमाथिको निर्भरता हटाउन पनि उत्तिकै जरुरी हुन्छ । यसैले देशप्रति निष्ठावान कुनै पनि सरकार चीनसँगको सहयोग र सम्बन्धप्रति उदासीन हुन मिल्दैन । कुनै पनि विषयमा गम्भीर गृहकार्य नगरी प्रस्तुत हुने र पहिलेका सहमति कार्यान्वयनमा चासो नै नराख्ने नेपालका सरकारी अधिकारीहरूको प्रवृत्तिप्रति चिनियाँ पक्षले सधैँ गुनासो गर्ने गरेको छ । यसपटक पनि प्रधानमन्त्री दाहालको भ्रमणमा त्यही गैरजिम्मेवार प्रवृत्ति दोहोरियो । चीनसँग सम्झौता गर्नुपर्ने विषयमा गृहकार्य र राष्ट्रिय सहमतिको प्रयासै गरिएन । यसैले राष्ट्रपति सीसँगको भेटमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई दुई कम्युनिस्ट पार्टीबीचको सम्बन्ध बढाउने वा सुधार गर्ने मौका त प्राप्त होला तर नेपालका लागि भने खासै फलदायी हुने देखिँदैन । तैपनि, चिनियाँ मित्रहरूलाई नेपालले कसैको उक्साहटमा चीनको उपेक्षा र विश्वासघात गर्दैन भन्ने विश्वास दिलाउन आंशिकमात्रै पनि सफलता प्राप्त भयो भने प्रधानमन्त्री दाहालको भ्रमण सफल मान्न सकिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७३  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC