site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘विदेश जान पाऊँ’ भन्दै निर्वाचन आयोगमा निवेदनको ओइरो  
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता जारी गरेपछि सरुवा, बढुवा, नियुक्ति र विदेश भ्रमणमा जान पाऊँ भन्दै निर्वाचन आयोगमा परेका निवेदनको सङ्ख्या बढ्दो छ ।
निर्वाचन आयोगले २०७४ साल वैशाख ३१ गतेका लागि घोषणा गरेको स्थानीय तह निर्वाचन सम्पन्न नभएसम्मका लागि तालिम, गोष्ठी, सेमिनार र अवलोकन भ्रमणहरूको प्रयोजनार्थ हुने वैदेशिक भ्रमण स्थगित गर्न भन्दै निर्वाचन आचारसंहिता जारी गरेको थियो ।

फागुन १८ गते उक्त आचारसंहिता गरिएपछि यताका दिनमा निर्वाचन आयोगमा निवेदनको ओइरो नै लाग्न थालेको छ । हालसम्म निर्वाचन आयोगमा परेका ३२२ वटा निवेदनहरूमध्ये आयोगले सबैको छानबिन गरी १९३ वटालाई सहमति प्रदान गरेको छ । १२९ वटा निवेदनलाई भने आयोगले सहमति नदिने निर्णय गरेको छ । आयोगमा निवेदन दिएर कतिपय मन्त्रीले हेलिकोप्टर माग गरेका छन् भने धेरैजसो निवेदनहरू विदेश भ्रमणमा जान पाऊँ भनेर दर्ता गरिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार सरुवा, बढुवा, विदेश भ्रमण र तालिममा सहभागी हुन पाऊँ भन्ने आशयका निवेदन बढी परेका छन् ।
“हेलिकप्टरका लागि खास निवेदन आएका छैनन्,” प्रवक्ता शर्माले भने, “गृह र रक्षाले आप्mनो सुरक्षाका लागि प्रयोग गर्नेबाहेक अन्यलाई हेलिकोप्टर प्रयोग गर्न दिइँदैन । मन्त्रीहरूलाई त हेलिकोप्टर प्रयोगमा रोक नै लगाइएको छ । आयोगबाट अनुमति लिन चाहनेमा सरुवा, बढुवा, विदेश अवलोकन भ्रमण र तालिम छन् ।”

शर्माले देशको प्रतिनिधित्व गर्दै जाने र सम्झौता गर्नैपर्ने अवस्थामा भने रोक नलगाइएको बताए ।

Global Ime bank

“देशको प्रतिनिधित्व गर्न जाने वा सम्झौताका लागि जानेबाहेक अन्य भ्रमणलाई रोक लगाउँदै आएका छौं,” उनले बाह्रखरीसँगको कुराकानीमा भने, “त्यस्ता निवेदनलाई सहमति नदिने निर्णय भएको छ ।”

निर्वाचन आयोगमा प्राप्त निवेदनमध्ये ९२ वटालाई थप खुलाएर स्पष्ट पार्न भनिएको छ । त्यसैगरी ६ वटा निवेदनलाई तामेलीमा राखिएको छ भने आचारसंहिता विपरीत कार्य भएको भनी निर्वाचन आयोगमा परेका २१ वटा उजुरीमध्ये केहीमा निर्णय दिइएको कुरा आयोगले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७३  १०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC