site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
लभको पनि कोर्स ! न्यूयोर्कमा पाइन्छ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । यदि तपाईंलाई आफू प्रेमको मामिलामा अझै पनि सिकारू रहेझैं लाग्छ भने तपाईंले डाक्टर मेगन पाइको ‘लभ क्लास’ मा नाम लेखाउनोस् । द गार्जियनमा छापिएको एउटा आलेखमा बताइएअनुसार, डा. मेगन पाइले न्यूयोर्क विश्वविद्यालयमा एउटा अन्डरग्य्राजुएट लभ कोर्स पढाउँछिन्, जसलाई उनी स्वयंले बनाएकी हुन् । यो कोर्स विद्यार्थीमाझ निकै लोकप्रिय बनेको छ र यो पढ्नका लागि नाम लेखाउने छात्रहरूको सङ्ख्या दुई वर्षकै बीचमा तीन गुना बढेको छ । डा.मेगन पाइ ४२ वर्षकी साइकाइट्रिस्ट र एसोसियट प्रोफेसर हुन् । उनले निजी स्तरमा एउटा थेरापी केन्द्र पनि चलाउँछिन् ।
गार्जियनमा छापिएको रिपोर्टअनुसार, यस कोर्सको नाम ‘लभ एक्चुअल्ली’ हो र यसको पहिलो सेमेस्टर मुख्यतया प्रेमको मानवीय अनुभवमा आधारित छ । यो कोर्स दुई मनोवैज्ञानिक दिशाहरूतिर अघि बढ्छ– होरिजेन्टल्ली र भर्टिकल्ली । यस कोर्सको भर्टिकल दिशामा हुने पढाइमा एक जना मान्छे र उसको पारिवारिक प्रेम, सामूहिक प्रेम र फेरि सार्वभौमिक प्रेमको विषयवस्तु रहेको छ । होरिजेन्टल पढाइमा चाहिँ एक व्यक्तिको जीवनकालमा कस्ता–कस्ता खालका प्रेमसँग सम्बन्धित नातासम्बन्धहरू रहन्छन् भन्ने कुरा पढाइन्छ ।  
यो कोर्सको आइडिया कसरी आयो भन्ने प्रश्नको उत्तरमा डा. पाइले भनेकी छन्, ‘‘न्यूयोर्क विश्वविद्यालयमा मलाई ‘लभ एन्ड इन्टिमसी’ अर्थात् ‘प्रेम र आत्मीयता’ शीर्षकमा लेक्चर दिनका लागि बोलाइएको थियो । लेक्चरपछि केही विद्यार्थीहरू मसँग आए र सोधे– यस विषयमा कुनै कोर्स छ कि छैन ? उनीहरूको रुचिका आधारमा मैले तीन जना बाल मनोवैज्ञानिक साथीहरूको सहयोग लिएर यो कोर्स बनाएँ । छिटै मलाई के महसुस भयो भने मसँग थुप्रै पाठ्यसामग्रीहरू छन् । मैले आप्mनो जिन्दगीमा धेरै कुरा जम्मा गरेकी छु । पछि न्यूयोर्क विश्वविद्यालयको ‘चाइल्ड एन्ड ऐडलसेन्ट मेन्टल हेल्थ स्टडी’ विभागअन्तर्गत यो कोर्स सुरु भयो । यसमा मनका अलग–अलग पक्षहरूका आधारमा कक्षा सञ्चालन हुन्छ, जस्तै : ह्याप्पिनेसका बारेमा एउटा कक्षा चल्छ भने निद्राका बारेमा अर्को कक्षा चल्छ ।’’
नवभारत टाइम्सबाट
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७३  ००:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC