site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीको चीन भ्रमण सम्बन्ध सुधारमा केन्द्रित हुने, कुनै सम्झौता नहुने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा क्रममा कुनै दुईपक्षीय सन्धि सम्झौता नहुने परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतले प्रष्ट पारेका छन् ।

भ्रमणका क्रममा यसअघिको सरकारले गरेको यातायात, व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा र वन वेल्ट वन रोड (ओबीओआर) मा लिखित सम्झौताको तयारी गरेको थियो । तर, प्रधानमन्त्री चीनमा रहँदा उनका समकक्षी देश बाहिर हुने भएकाले यस्तो भएको हो । 

“हामीले विभिन्न सम्झौताको तयारी गरेका थियौं,” भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री महतले भने, “प्राविधिक कारणले कुनै प्रकारको सम्झौता हुने छैन । दुई पक्षीय छलफलमा आउने प्रतिवद्धताअनुसार पछि हस्ताक्षर हुनेछ ।”

Prabhu Bank
Agni Group
NIC Asia

दुई देशबीच विगतमा भएका सन्धि सम्झौताहरु कार्यान्वयनमा नेपाल सरकारको पूर्ण प्रतिवद्धता रहेको पनि बताएका छन् ।

बिहीबारदेखि चीनको हाइनान प्रान्तमा सुरु हुने बोवाओ फोरम फर एसियामा सहभागी हुन चीन जान लागेका प्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति सि चिनफिङसँग बेइजिङमा भेट गर्ने कार्यक्रम रहेको छ । 

Global Ime bank

राष्ट्रपति सि सँगको भेटको दिन र समय भने उल्लेख गरिएको छैन ।  बोवाओ सम्मेलन उद्घाटन सत्रमा प्रधानमन्त्री दाहालले चिनियाँ उपप्रधानमन्त्री झयाङ् गाओलीसंग भेट गर्ने तालिका नेपालको परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ । मार्च २४ मा बोआओ सम्मेलनलाई सम्बोधन गरि प्रधानमन्त्री दाहाल राजधानी बेइजिङ जानेछन् ।

बेइजिङ्मा रहँदा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि का अलवा व्यापारीक मण्डलसँग भेट र छलफल गर्ने र बेइजिङ फरेन स्टडिज युनिर्भसिटिमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

नेपाल फर्किनुअघि प्रधानमन्त्री दाहालले चीनको स्वशासित क्षेत्र तिब्बतको पनि भ्रमण गर्ने र सोही अवसरमा तिब्बत सरकार नेताहरुसँग भेट गर्ने जनाइएको छ ।
 

यस्तो छ परराष्ट्रले सार्वजनिक गरेको भ्रमणतालिका

सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल 'प्रचण्ड' Boao Forum for Asia का महासचिव H.E. Zhou Wenzhong को निमन्त्रणामा चीनको हाइनान प्रान्तको बोआओ शहरमा यही मार्च २३-२६, २०१७ तदनुसार मिति २०७३ चैत्र १० देखि १३ सम्म हुन लागेको  सो फोरमको वार्षिक सम्मेलनको उद्‍घाटन समारोहमा सहभागी हुन मिति २०७३ चैत्र १० गते देखि चीनको भ्रमण गर्नुहुने।

  1. सम्मानीय प्रधानमन्त्रीज्यूको भ्रमणदलमा पत्नी सीता दाहाल, माननीय परराष्ट्र मन्त्री डा. प्रकाश शरण महत, परराष्ट्र सचिव श्री शंकरदास बैरागी तथा मन्त्रालयका अन्य उच्च पदाधिकारीहरु सम्मिलित हुने ।
  2. बोआओमा रहँदा मार्च २४, २०१७ मा तदनुसार मिति २०७३/१२/११ मा सम्माननीय प्रधानमन्त्रीज्यूले चीनका उपप्रधानमन्त्री H.E. Zhang Gaoli सँग द्विपक्षीय छलफल गर्नुहुने। बोआओमा मार्च २५, २०१७ तदनुसार मिति २०७३/१२/१२ मा "Globalization and Free Trade: Asian Perspectives" विषयमा सम्माननीय प्रधानमन्त्रीले बोआओ मञ्चको उद्घाटन समारोहमा सम्बोधन गर्नुहुने। सोही दिन अपरान्ह उहाँ बेइजिङको लागि प्रस्थान गर्नुहुने।
  3. सम्माननीय प्रधानमन्त्रीले भ्रमणका अवसरमा जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सि जिनपिङसँग शिष्टाचार भेट गर्नुहुने।सो भेटमा द्विपक्षीय सम्बन्धलार्इ अझ विस्तार र सुदृढ गर्ने विषयमा कुराकानी हुनेछ।
  4. मिति मार्च २६, २०१७ तदनुसार मिति २०७३/१२/१३ मा सम्माननीय प्रधानमन्त्रीले "Nepal-China Relations; Prospects for Growth and Prosperity" विषयमा Beijing Foreign Studies University मा विभिन्न विद्वान, शिक्षाविद्, व्यवसायी तथा विद्यार्थीहरुलाई सम्बोधन गर्नुहुने र उक्त विश्वविद्यालयको परिसरमा स्थापित नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्नुहुने।साथै सोही दिन चिनियाँ व्यापारी समुदायलाई सम्बोधन गर्नुहुने।
  5. तत्‍पश्चात् सम्माननीय प्रधानमन्त्रीज्यूले जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमण गर्नुहुने र सो अवसरमा तिब्बत सरकारका नेताहरुसँग भेट गर्नुहुने।उक्त भेट नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्रहरु थप क्रियाशील बनाउने विषयमा केन्द्रित हुने।
  6. सम्माननीय प्रधानमन्त्री तथा उहाँको भ्रमणदल मार्च २९, २०१७ तदनुसार मिति २०७३/१२/१६ मा ल्हासाबाट स्वदेश फर्कनुहुने।
  7. दुई देशबीच विगतमा भएका सन्धि सम्झौताहरुको कार्यान्वयनमा नेपाल सरकारको पूर्ण प्रतिवद्धता रहेको।
  8. यो भ्रमणका अवसरमा कुनै सन्धि, सम्झौता, समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम छैन।द्विपक्षीय सम्बन्ध र सहायतामा धेरै महत्वपूर्ण विषयवस्तुहरुमा हाम्रो तर्फबाट तयारी पूरा भएको छ। निकट भविष्यमा यी विषयहरुमा सहमति भर्इ हस्ताक्षर हुने हाम्रो विश्वास रहेको छ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ९, २०७३  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC