site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
‘लप्पन छप्पन’ मा ७५ प्रतिशत सिन विदेशको छ
Sarbottam CementSarbottam Cement

ग्याङस्टार चलचित्र ‘लप्पन छप्पन’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । मुकुन्द भट्टको डेब्यु निर्देशनमा बनेको चलचित्रमा अहिलेका चल्तीका नायकहरू सौगात मल्ल र दयाहाङ राई आदि स्टार कलाकारको अभिनय छ । ७५ प्रतिशत छायाङ्कन नेपाल बाहिर गरिएको उक्त चलचित्रको कथावस्तु र परिवेश कस्तो छ अनि चलचित्रले के सन्देश दिन्छ ? साथै पछिल्लो समयका चलचित्र किन पैसाका पछाडि दौडिरहेका छन् ? यी र यस्तै विषयमा केन्द्रित रहेर निर्देशक भट्टसँग गरिएको कुराकानी : 

चलचित्र रिलिजको पूर्वसन्ध्यामा हुनुहुन्छ, कस्तो अनुभूति भइरहेको छ ? 
एक्साइटेड छु । दुई वर्षदेखिको मेहनतको फल यही चैत ११ गतेबाट आउँदैछ, त्यसैले प्रतिक्रिया सुन्न एक्साइटेड छु । हामीले हाम्रा तर्फबाट कुनै ‘लुप होल’ नरहने गरी सीमान्त मेहनत गरेका छौं । दर्शकको प्रतिक्रियाको प्रतीक्षामा बसिरहेको छु । 

पछिल्लो समय चलचित्र तयार भइसकेपछि ‘स्याम्पलिङ अडियन्स’ लाई देखाउने चलन छ । तपाईंले देखाउनु भयो कि भएन ? देखाउनु भएको भए कस्तो प्रतिक्रिया पाउनु भयो ? 

Prabhu Bank
Agni Group
NIC Asia

छैन । मैले बाहिर कसैलाई पनि देखाएको छैन । हाम्रो निर्माण युनिटले मात्रै हेरेका छौं । जति पनि हामीले हेरेका छौं, सबैलाई राम्रो लागेको छ । चित्त नबुझेको कोही पनि छैन । यसलाई आधार मान्ने हो भने राम्रो प्रतिक्रिया आयो भन्न मिल्छ होला । तर, दर्शकको प्रतिक्रिया बुझ्न त अझै कुर्नै पर्छ । मसहित मेरो सम्पूर्ण युनिटले राम्रो काम गरेका छौं, त्यसैले राम्रो प्रतिक्रियाको अपेक्षा छ । 

पछिल्लो समय राम्रो भनेर अपेक्षा गरेका चलचित्र नै चलेनन् । दर्शकको मनोविज्ञानका कारण लगत्तैको अर्को चलचित्रमा पनि त्यसको प्रभाव पर्छ भनिन्छ नि ! तपाईं यसमा विश्वास गर्नुहुन्छ ?

Global Ime bank

‘लप्पन छप्पन’ ले भोलि व्यापार गर्ला–नगर्ला, त्यो पछाडिको कुरा भयो । तर, कम्तिमा ‘मुकुन्द भट्टले राम्रो चलचित्र बनाएको रहेछ, नेपालमा पनि राम्रो चलचित्र बन्दो रहेछ’ भनेर दर्शकले भन्दिनुभयो भने हुन्छ । मेरो चलचित्रले १०-१२ करोड कलेक्सन गरोस् भन्ने मनोविज्ञान बोकेको पनि छैन । 

‘हाइ कलेक्सन’ को अपेक्षा गरेको छैन भन्नुभयो । चलचित्र व्यवसाय हो भने लगानीकर्ताले त लगानी सुरक्षित गर्न चाहन्छ नि, हैन ?

हामीले ‘लप्पन छप्पन’ मा ग्याङ स्टारलाई बढी नै खेलाएका छौं । समाजमा अहिले भइरहेका विकृति र विसङ्गतिलाई समेटेका छौं । हलिउड बलिउडका चलचित्र हेर्न हामीलाई बानी परिसकेको छ । यस्तो अवस्थामा हामीले पनि त्यस्तै खालको चलचित्र बनाउनुपर्छ भनेर मैले आधुनिक प्रविधिको प्रयोग गरेको छु । कथा मात्रै होइन, प्रविधिगत हिसाबले पनि मैले राम्रो चलचित्र बनाएको छु । 

प्रविधिलाई प्राथमिकता दिइएका भनिएका कतिपय चलचित्रमा कथा गौण भएका र ‘लाउड’ सुनिएका छन् नि ! कतै ‘लप्पन छप्पन’ मा पनि त्यही समस्या त देखिने हैन ?

मेरो चलचित्र त्यस्तो छैन । यो चलचित्र हेर्दा सुरुदेखि अन्तिमसम्म दर्शकले ‘बोर फिल’ गर्नुहुन्न भन्नेमा म पूरै विश्वस्त छु । मैले आपैंm दशैक भएर हेर्दा पनि त्यो फिल गरेको छैन । हामीले दर्शकलाई दुई घण्टा मनोरञ्जन दिने हो । चलचित्र त्यही दिशामा सरसर बगेको छ । 

ट्रेलर हेर्दा चलचित्रले ‘रोबरी’ को विषय उठाएजस्तो देखिन्छ नि, हो ? 

हैन, यो रोबरीको कथा हैन । यसमा बैङ्क लुटिँदैन । प्रविधिको प्रयोग गरेर केसम्म गर्न सकिन्छ भनेर देखाउन खोजिएको छ । लुटपाटको कथा हैन यो । 
पछिल्लो समय ‘रोबरी’ होस् या अन्य कुनै माध्यमबाट, जसरी पनि पैसा कमाउनुपर्छ भन्ने कथा चलचित्रले उठाइरहेका छन् । यसले सामान्य दर्शकको दिमागमा कस्तो असर पार्छ ? 

मेरो चलचित्रले सन्देश पनि बोकेको छ । पैसाको लप्पन–छप्पन हो । कसरी पैसा निकाल्ने, व्यवस्थित तरिकाले निकाल्ने प्रविधि छ कि छैन, कुन प्रविधिबाट कसरी  निकाल्ने हो ? र, अन्तिममा के गर्न हुन्छ र के गर्न हुँदैन ? भन्ने सन्देश दिन्छ । के गरे, के हुन्छ भन्ने पनि सन्देश दिन्छ । तर चलचित्रका प्रत्येक दृश्य र संवाद एकअर्कासँग रिलेटेड भएकाले सुरुदेखि अन्तिमसम्म ध्यान दिएर हेर्नुपर्छ । नत्र चलचित्र बुझ्न गाह्रो हुन्छ । तपाईंको सञ्चारमाध्यमबाट म दर्शकहरूलाई यो कुराको आग्रह गर्छु । 

सकारात्मक कि नकारात्मक असर पार्छन् यस्ता कथाले ?

सबै मान्छेको लक्ष्य पैसा कमाउने नै हुन्छ । यो मान्छेको जन्मजात गुण नै हो । पैसा नभएकालाई कसरी पैसा कमाउने भन्ने हुन्छ । अर्बौं पैसा भएकालाई त्योभन्दा धेरै अझै कसरी कमाउने भन्ने हुन्छ । हरेक व्यक्तिमा भइरहेको यही हो । यसलाई केही ‘फिक्सनलाइज’ गरेको छु । चलचित्रले सन्देश पनि दिन्छ । त्यसैले यसले सकारात्मक असर पार्छ भन्ने नै हो । 

हाम्रो चलचित्रमा पनि एउटा गरिब पात्र हुन्छ, अर्को धनी  । पैसा कमाउने मान्छेको ‘नेचर’ अनुसार यसकै पछाडि चलचित्र घुम्छ । बाँकी कथा सस्पेन्स नै राखौँ । 

‘लप्पन छप्पन’ बाट कस्तो अपेक्षा गर्नु भएको छ ? 

यो मेरो पहिलो कमर्सियल चलचित्र भएकाले पक्कै पनि राम्रो काम गरेको छु । यसले राम्रो चलचित्र बनाउँदो रहेछ भन्ने सन्देश पनि मैले दिनुछ । त्यसैले पक्कै पनि सकारात्मक प्रतिक्रियाको अपेक्षा गरेको छु । 

अहिलेका स्टारहरूलाई लिनुभयो । कथाले मागेर हो कि व्यावसायिकताका लागि जबर्जस्ती स्टारहरूलाई लिनुभएको हो ? 

उहाँहरूलाई साइन गराउनुभन्दा ६ महिना पहिले मैले स्क्रीप्ट तयार पारिसकेको थिएँ । छायाङ्कन सुरु गर्नुअगाडि लोकेसन खोज्न म बाहिर गएँ । लोकेसन निश्चित भएपछि  ‘वर्कआउट’ गरेर कुन चरित्रका लागि को उचित हुन्छ भनेर नै सौगात मल्ल, दयाहाङ राई, अर्पण थापालाई लिएका हौं । सुरुमै कलाकार चयन गरेर स्क्रीप्ट लेखेको होइन । 

ट्रेलरमा नेपाल बाहिरको लोकेसन पनि देखिन्छ । कहाँको लोकेसन हो ?

बेल्जियम, हल्यान्ड, फ्रान्स र स्वीटजरल्यान्डमा छायाङ्कन गरेका छौं । ७५ प्रतिशत छायाङ्कन बाहिर र बाँकी नेपालमा गरिएको हो । 

दर्शकलाई के भन्नुहुन्छ ? 

चैत ११ बाट नेपालभरका थिएटरमा चलचित्र प्रदर्शन हुँदैछ । हेरेर प्रतिक्रिया दिन दर्शकसामु मेरो आग्रह छ । ‘लप्पन छप्पन’ ले दर्शकलाई दुई घण्टा आनन्ददायक स्वस्थ मनोरञ्जन दिन्छ भन्ने विश्वास पनि दिलाउन चाहन्छु ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ९, २०७३  १२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC