site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
७ देशका नागरिकले अब ब्रिटेन जाँदा पनि ल्यापटप, ट्याब्लेट र स्मार्टफोन बोक्न नपाइने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकाको सिको गर्दै ब्रिटेनले पनि बिभिन्न ६ मध्यपूर्वी तथा एक उत्तर अफ्रिकी राष्ट्रबाट आफ्नो देश आउने यात्रुबाहक सिधा उडानको लगेजमा ल्यापटप, ट्याब्लेट र स्मार्टफोन जस्ता विद्युतीय उपकरणहरु ल्याउन प्रतिवन्ध लगाएको छ । 

यो नियम टर्की, लेबनान, इजिप्ट, ट्युनिसिया र साउदी अरेबियाबाट बेलायत आउने सिधा उडानमा लागु हुने बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्रीको कार्यालयले यो निर्णय  हवाई सुरक्षा सम्बन्धी छलफलपछि ल्याइएको र यो अत्यावश्यक, प्रभावकारी  र सहि भएको बताएको छ ।
यसअघि  अमेरिकाले  पनि ८ मध्यपूर्वी तथा उत्तर अफ्रिकी राष्ट्रका सिधा उडानबाट आउने लगेजमा ल्यापटप, ट्याब्लेट जस्ता विद्युतीय उपकरणहरु ल्याउन प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । 

अमेरिकी अधिकारीहरुका अनुसार यस्ता डिभाइसमा बम लुकाउन सकिन्छ । 

Global Ime bank

यो नियमअनुसार वेलायतमा १६ सेमी भन्दा ठूलो, ९.३ सेमी भन्दा फराकिलो र १.५ सेमी भन्दा लामो सबै डिभाइस बोक्न प्रतिबन्ध लागेको छ ।
यसमा मोबाइल फोन पनि पर्ने बताइएको छ ।

अमेरिकामा त्यहाँको गुप्तचर निकायद्वारा विभिन्न देशबाट संकलित सूचनाका आधारमा यो कदम चालिएको बताइएको छ । प्रतिवन्धित उपकरणहरुमा ल्यापटप, ट्याब्लेट, क्यामरा, डिभिडी प्लेयर र इलोक्ट्रोनिक गेमलगायत रहेका छन् । अमेरिकामा भने मोबाइल फोन र स्मार्ट फोनहरु भने लैजान पाइनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ९, २०७३  ०८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC