site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
पासपोर्टमा चारथरि रङ किन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वका हरेक देशको पासपोर्टमा केवल चार प्राथमिक रङ हुन्छन्– रातो, नीलो, हरियो र कालो । हरेक देशले आफ्नो देशका सर्वसाधारण नागरिकका लागि जारी गर्ने पासपोर्टमा यीमध्ये कुनै एक रङ चुन्छन् । तर किन ? के तपाईंलाई थाहा छ ? 

रातो रङको पासपोर्ट
यो सबैभन्दा सामान्य रङ हो । रातो रङको पासपोर्ट धेरैजसो ती देशले प्रचलनमा ल्याउँछन्, जसको साम्यवादी इतिहास छ या अहिले पनि साम्यवादी शासन छ ।

Prabhu Bank
Agni Group
NIC Asia

स्लोभेनिया, चीन, सर्भिया, रुस, लात्भिया, रोमानिया, पोल्याण्ड र जर्जियाका नागरिकहरूसँग रातो पासपोर्ट हुने गर्छ । यसबाहेक क्रोसियालाई छाडेर युरोपियन युनियनका सदस्य देशहरूको पासपोर्टमा पनि रातो रङको रँछाया पाइन्छ । युरोपियन युनियनमा समाविष्ट हुन इच्छुक केही देशहरू जस्तै : तुर्की र अल्बानियाले समेत केही वर्षअघिदेखि रातो रङको पासपोर्ट प्रचलनमा ल्याएका छन् । बोलिभिया, कोलम्बिया, अक्वाडोर  र पेरूको पासपोर्टको रङ पनि रातै हुन्छ । त्यसो त रातो रङको पासपोर्ट अतिविशिष्ट व्यक्तिहरूका लागि समेत जारी गरिन्छ ।

नीलो रङको पासपोर्ट
नीलो रङ ‘नयाँ दुनियाँ’ को प्रतीक हो । पन्ध्रवटा क्यारेबियन देशहरूको पासपोर्टको रङ नीलो हुन्छ । दक्षिण अमेरिकी देशहरूको पासपोर्टको रङ मरकासुर नामक ट्रेड युनियनसँग उनीहरूको सम्बन्धको प्रतीक हो ।

Global Ime bank

यिनमा ब्राजिल, अर्जेन्टिना र पेरुग्वे समाविष्ट छन् । यो खण्डमा समाविष्ट भेनेजुएला चाहिँ अपवाद छ, किनभने यहाँको पासपोर्टको रङ रातो छ । अमेरिकी नागरिकहरूको पासपोर्टका लागि नीलो रङलाई सन् १९७६ मा अपनाइएको हो । कतिपय देशमा सामान्य सरकारी कर्मचारीका लागि नीलो रङको पासपोर्ट जारी गर्ने चलन पनि रहेको छ ।

हरियो पासपोर्ट
धेरैजसो मुस्लिम देशहरू, जस्तै : मोरक्को, सउदी अरब र पाकिस्तानको पासपोर्टको रङ हरियो छ । नेपालको पासपोर्टको रङ पनि हरियै छ । हरियो रङ मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदलाई मनपर्ने रङ मानिन्छ । यो प्रकृति र जीवनको प्रतीक हो । कतिपय अफ्रिकी देशहरू, जस्तै : बुर्किनोफासो, नाइजेरिया, आइभरी कोस्ट र सिनेगलको पासपोर्टको रङ पनि हरियै छ । यी देशका सन्दर्भमा हरियो रङले इकोवास (इकोनोमिक कम्युनिट अफ वेस्ट अफ्रिकन स्टेट्स) सँगको उनीहरूको सम्बन्धलाई दर्साउँछ ।  

कालो पासपोर्ट
निकै कम देशको पासपोर्टमा मात्र कालो रङ प्रयुक्त छ । केही अफ्रिकी देशहरू, जस्तै ः बोत्सवाना, जाम्बिया, बुरुण्डी, गैबन, अङ्गोला, कङ्गो, मलावी र केही अन्य देशको पासपोर्टमा कालो रङ प्रयुक्त छ । न्युजिलैण्डका नागरिकहरूसँग पनि कालो रङको पासपोर्ट छ, किनकि कालो उनीहरूको राष्ट्रिय रङ हो । 
भारतमा सर्वसाधारणका लागि जारी गरिएको पासपोर्टमा चाहिँ सेतो रङ प्रयुक्त छ ।  
–नवभारत टाइम्सबाट
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ९, २०७३  ०३:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC