site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । तपाईं इन्टरनेट चलाउन जान्नुहुन्छ र इन्टरनेट सेवाको पहुँचमा हुनुहुन्छ भने अब रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षाको फारम आपैंm भर्न सक्नुहुन्छ ।
वैदेशिक रोजगार विभागको ईपीएस शाखाले अनलाइन फारम भर्ने प्रणाली सुरु गरेको छ । जसअनुसार परीक्षार्थीले आफैं फारम भर्न सक्ने छन् । विगतका समयमा फारम भर्नका लागि परीक्षार्थीलाई रातभर लाइनमा बस्नुपर्ने बाध्यता थियो । अब भने फारम घर वा कार्यालय जुनसुकै ठाउँबाट पनि भर्न सकिने छ । यसका लागि तपाईंले चैत ९ गतेसम्म पर्खनुपर्छ । 

आवेदन खुलेपछि अनलाइन फारम भर्न तपाईंको इन्टरनेट ब्राउजरको न्युट्याबमा गएर ‘डब्लुडब्लुडब्लु डट ईओईआरएस डट ईपीएसनेपाल डट जीओभी डट एनपी’ टाइप गरेर ‘इन्टर की’ थिच्नु पर्छ । 

अर्थात्  www.eoers.epsnepal.gov.np  लग–इन गर्नुपर्छ । यो साइटमा गएर मागिएका कुरा भरेपछि परीक्षार्थीको इमेलमा प्रवेशपत्र आउँछ । यो प्रवेश पत्रलाई रङ्गीन प्रिन्ट गर्नुपर्छ र परीक्षा दिन जाँदा सक्कली एमआरपीसँगै लिएर जानुपर्छ ।

Agni Group

यो फारम भर्नका लागि केही सर्त र प्रक्रिया भने पूरा गर्नुपर्छ । अनलाइन फारम भर्नका लागि ईपीएस शाखाले तोकेको ग्लोबल आईएमई बैङ्कको शाखामा आवेदन शुल्क बुझाउनु पर्छ । बैङ्कले पैसा जम्मा गरेको कोड दिन्छ । यो कोड अनलाइन फारम भर्दा आवश्यक पर्छ । अर्को कुरा तपाईंसँग एमआरपी (मेसिन रिडेबल पासपोर्ट) हुनु अनिवार्य छ ।

फारम भर्दा एकजना व्यक्तिले एउटै मात्र क्षेत्रमा आवेदन दिनुपर्छ । पछि रोजगारका लागि फारम भर्दा पनि परीक्षा फारममा भरेको क्षेत्रमा भर्नुपर्ने हुन्छ । जस्तै ः तपाईंले उत्पादनका क्षेत्रमा फारम भर्नुभएको छ भने रोजगारका लागि आवेदन फारम भर्दा उत्पादन क्षेत्रलाई नै उल्लेख गर्नुपर्छ । 
उत्पादनमूलक क्षेत्रमा फारम भरेकाले तीनवटा उपक्षेत्र छान्न पाउनेछन् । कृषिमा फारम भरेकाले भने दुईवटा उपक्षेत्र छान्नुपर्छ । 

Global Ime bank

सन् २०१८ मा उत्पादनको क्षेत्र र कृषिमा गरी १० हजार २ सय नेपाली कामदार कोरिया जाँदैछन् । जसमा उत्पादनमूलक क्षेत्रमा ४ हजार र कृषिको क्षेत्रमा ६ हजार नेपाली कामदार कोरिया जाँदैछन् ।

ईपीएस परीक्षा आगामी २०७४ जेठ २७ र २८ गते हुँदैछ । परीक्षा केन्द्र र समय भने जेठ १९ गते सार्वजनिक गरिने कुरा ईपीएस कोरिया शाखाका शाखा अधिकृत शोभाकर भण्डारीले जानकारी दिए ।

  
भिडियोमा हेर्नुहोस् फारम भर्ने तरिका


यो पनि पढ्नुहोस्
नेपाली कामदारप्रति आकर्षित हुँदै कोरिया, आगामी वर्ष १० हजार लैजाने, पुराना ६ हजार पर्खाइमा 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७३  ०५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC