site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निर्वाचन आयोगअगाडि झडप, राप्रपा नेता पशुपति शमशेरसहित कार्यकर्ता घाइते
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । निर्वाचन आयोगअगाडि विरोध प्रदर्शन गर्न पुगेका राप्रपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ  ।
झडपमा ढुंगा हानाहान हुँदा राप्रपाका केही कार्यकता र प्रहरी घाइते भएको बताइएको छ । निर्वाचन आयोगले विधानबाट हिन्दू राष्ट्र र राजतन्त्र हटाएपछि राप्रपाले आयोगको निर्णय पुनर्विचारको माग गर्दै विरोध कार्यक्रम गरेको थियो । 
धर्नामा उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापा  पनि पुगेका थिए ।  विरोध प्रदर्शनमा सहभागी हुन पुगेका पार्टीका नेता पशुपतिशमशेर राणासहित थुप्रै कार्यकर्ता घाइते भएको राप्रपाका केन्द्रीय सदस्य राजाराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार केन्द्रीय निर्मला श्रेष्ठको खुट्टा भाँच्चिएको छ ।

निर्वाचन आयोगले आफ्नो पार्टीको विधानमा उल्लेख गरिएको राजसंस्था र हिन्दुधर्म भन्ने शब्द हटाएर दर्ता गरेको विरोधमा राप्रपाले काठमाडौंमा निकालेको जुलुसमा प्रहरीले हस्तक्षेप गरेको हो ।
कान्तिपथस्थित बहादुर भवन अगाडि धर्ना दिन पुगेको राप्रपाको जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा राप्रपाका १९ कार्यकर्ता घाइते भएका छन् ।
उनीहरुमध्ये १६ जनाको वीर अस्पताल, ३ जनाको मोडल अस्पतालमा उपचार भैरहेको राप्रपा नेता राजराम बर्तौलाले जानकारी दिए ।
प्रहरीले भने निषेधित क्षेत्र तोडेपछि हस्तक्षेप गर्नुपरेको बताएको छ ।

राप्रपा नेतृ कोमल ओली घाइते, अक्सिजनसहित उपचार गरिँदै
 राप्रपा केन्द्रीय सदस्य कोमल ओली घाइते भएकी छन् । राप्रपाले निकालेको जुलुसमा प्रहरीले गरेको हस्तक्षेपका क्रममा घाइते भएकी ओलीको काठमाडौं मोडल अस्पतालमा उपचार भैरहेको छ । राप्रपाका नेता राजाराम बर्तौलाका अनुसार उनलाई अक्सिजन दिएर उपचार गरिएको छ ।
उनका अनुसार प्रहरीको लाठी प्रहारबाट राप्रपा नेतृ मीना जोशीको हात भाँचिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ७, २०७३  १३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC