site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेपाल ‘कनेक्सन’ 
Ghorahi CementGhorahi Cement

काठमाडौं । भर्खरै उत्तर प्रदेशका मुख्यमन्त्री बनेका योगी आदित्यनाथ नाथ सम्प्रदायका सन्त हुन् । १२ औं शताब्दीतिरका प्रख्यात सिद्ध गोरखनाथ, जसलाई गोरक्षनाथले पनि चिनिन्छ, उनैले नाथ सम्प्रदायको स्थापना गरेका हुन् । गोरखनाथ मत्स्येन्द्रनाथका शिष्य हुन् । पृथ्वीनारायण शाहले गुरु गोरखनाथकै आशीर्वाद प्राप्त गरी नेपाल राष्ट्रको एकीकरण गरेको कथा इतिहासप्रसिद्ध छ ।

नाथ सम्प्रदाय हठयोगका लागि समेत प्रसिद्ध मानिन्छ ।
आदित्यनाथ महन्त रहेको गोरखपुरको गोरखनाथ मन्दिरसँग नेपालका विभिन्न मठ मन्दिरहरू जस्तै– मृगस्थलीको नाथ अखाडा, थापाथली मन्दिर, दाङको सिद्ध रत्ननाथ, जुम्लाको चन्दननाथ आदि मठ मन्दिरको पुरानो सांस्कृतिक सम्बन्ध छ । त्यसैले आदित्यनाथ नेपालका हिन्दू धार्मिक नेताहरूसँग निकै निकट छन् र उनी नेपाल मामिलाका जानकारसमेत मानिन्छन् ।

नेपालका पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलबाट पढ्न र धार्मिक यात्रामा जाने अधिकांश नेपालीहरूको सम्बन्ध गोरखनाथ मन्दिरसँग रहने गर्छ । सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयअन्तर्गत गोरखपुर केन्द्रबाट परीक्षा दिने अनेकौं नेपाली विद्यार्थीहरूको आश्रयस्थल गोरखनाथ मन्दिर वा यससँग सम्बद्ध संस्थाहरू नै हुन् । बीबीसीका अनुसार गोरखपुर मन्दिरको सम्पत्ति नेपालमा समेत रहेको छ । 

Agni Group

नाथ सम्प्रदायका जोगीहरूले कान चिरेर कुण्डल लगाउने गर्छन्, जसलाई ग्रामीण भाषामा ‘कनफट्टा जोगी’ भनिन्छ । नेपालमा क्षिप्रानाथ, योगी नरहरिनाथ र बद्रीनाथ आदि नाथ सम्प्रदायका जोगीहरू सार्वजनिक चर्चामा आएका व्यक्ति हुन् ।

कनफट्टा जोगीहरू अलिक आवेगी र अस्थिर हुन्छन् भन्ने भनाइ छ । यो कुरा आदित्यनाथका विगतका कतिपय व्यवहारमा देखिँदै आएको भए पनि भविष्यमा उनको गतिविधि कस्तो हुन्छ त्यो उनको कामले देखाउनेछ । 

Global Ime bank

भारतका हिन्दू सङ्गठनहरूले उठाउने गरेका सवालहरू ‘लभ’, ‘जेहाद’, ‘घर वापसी’, ‘इस्लामिक आतङ्कवाद’ र ‘माओवाद’ आदि विषय योगी आदित्यनाथकै मगजका उपज मानिन्छन् । स्पष्ट छ, योगी आदित्यनाथ यस्ता विषयप्रति निकै कडा र आक्रामक छन् । योगीले यस्ता विषयमा सभा सम्मेलन गर्दा नेपालबाट समेत धार्मिक नेताहरूलाई बोलाउने गर्छन् । 

भनिन्छ, नेपालमा राजतन्त्रको समाप्ति भएको र धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको कुरा योगी आदित्यनाथलाई मन परेको छैन । बीबीसी हिन्दी सेवाले यसबारे टिप्पणी गर्दै लेखेको छ, ‘‘योगी नेपालको एकताका लागि राजतन्त्रको वकालत गर्छन् ।’’ 

निर्वाचन हुनुभन्दा वर्ष दिन पहिलेदेखि नै योगीसँग निकट रहेको सामाजिक सञ्जालमा उत्तर प्रदेशमा ‘योगी सरकार’ बनाउने प्रचार अभियान सुरु गरिएको थियो । सामाजिक सञ्जालमा उनलाई ‘हिन्दू पुनर्जागरणका महानायक’ र ‘सांस्कृतिक राष्ट्रवादका प्रतीक’ का रूपमा चित्रण गरिँदै आइएको छ ।

बीबीसीले गायक राकेश श्रीवास्तवले गीतका माध्यमले उनको बखान गर्दै अनेकौं एल्बमहरू निकालिसकेको कुरा उल्लेख गरेको छ, जसमा उनलाई हिन्दू धर्मको रक्षाका लागि अवतार लिएका र परिआए हातमा तरबार उठाउने समेत भनिएको छ । उनको डरले विधर्मीहरू, माओवादी र नक्सलपन्थीहरू पुच्छर लुकाएर भाग्ने कुरा गीतमा उल्लेख छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ६, २०७३  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC