site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
बेपत्ता भएको पाँच महिनापछि फेसबुकले मिलन गरायो
Sarbottam CementSarbottam Cement

अर्घाखाँची । रोल्पा जिल्ला पाङ गाविस– ५ निवासी दीपक विष्ट पाँच महिनादेखि हराएका थिए, कात्तिक ४ गते घरबाट हिँडेका विष्टलाई आफन्तले वनजङ्गल, खोल्साखाल्सी सबैतिर खोजे, रेडियो पत्रपत्रिकामा सूचना राखे  ,परिवार रोए, कराए , तर कही कतै फेला पार्न सकेनन् ।

 ‘अब जिउँदो छैन होला भनेर हिन्दू संस्कार अनुसार काजकिरिया गर्नसमेत योजना बनाएको बेला उनको फेसबुकमा फोटा देखे’ । घुम्दै फिर्दै सन्धिखर्कमा आएका विष्टको फोटो फेसबुकमा राखे अर्घाखाँचीका समाजसेवी सहयोगी बिसीले ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले फेसबुकमा पोस्ट गरेको फोटो देखेपछि आफन्तलाई लाग्यो , दीपक अझै जिउँदै रहेछन् । परिवारले  खुसी हुँदै मसँग फोन सम्पर्क गरे समाजसेवी सहयोगी बिसीले भने ।

 दीपक अर्घाखाँचीमा आफुसँग सुरक्षित छन् भन्ने खबर बिसीले दिए पछि त्यही आधारमा बुबा रामबहादुर विष्ट र भाइ टकबहादुर विष्ट सन्धिखर्कमा लिन आए । ‘जति बेला उनी तीन जनाको भेटभयो एक किसिमको रुवावासी भयो ’। खुसीका आँसु अनि एक आपसमा झम्टेर रुदा हामीहरुको समेत आँसु आयो बिसीले भने ।

Global Ime bank

दुई छोरी र एक छोराका पिता दीपक जो बोल्दै नबोल्ने, केही नभन्ने ,  बुबासँग भेट हुँदा खुट्टामा ढोग गर्दा र भाइलाई मुसारेर आर्शीवाद दिँदा खुसीको सीमा रहेन बिसीले बताए ।

झन्डै १० वर्ष अघि इराकमा भिसा लागेर जान ठिक्क परेका बेला १२ नेपालीको हत्यापछि विदेश जान नपाउँदा र भिसा लागेको पैसा खेरगएपछि दीपकले मानसिक सन्तुलन गुमाएका थिए ।

उनलाई  सन्धिखर्कबाटै काठमाडौँस्थित कोसिस संस्थामा उपचारका निम्ति पठाइएको छ ।

एउटा बेवारिसे व्यक्ति देखेर दुई,चारघन्टा समय दिँदा एउटा परिबारमा नयाँ खुसी ल्याउन सफल भएकोमा सहयोगी बिसी सारै खुसी छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ३, २०७३  १३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC