site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
रोक्ने प्रयास गरिँदैछ गगनको गति 
Sarbottam CementSarbottam Cement

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारका दुई जना मन्त्री ऊर्जा मन्त्री जनार्दन शर्मा र स्वास्थ्य मन्त्री गगन थापाले अपेक्षाकृत राम्रो काम गरेको देखिएको छ । तर, जसले राम्रो काम गरिरहेका छन् तिनैलाई फिर्ता बोलाएर सरकार बचाउने तयारी तीव्ररूपमा अघि बढाइएको छ ।
यो समाचार आजको नागरिक दैनिकमा दीपक दाहालले लेखेका छन् । ‘गगनको गति रोक्ने तयारी’ शीर्षकमा उनले लेखेको समाचारमा लेखिएको छ – विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) सरकारमा सहभागी हुने तयारीसँगै स्वास्थ्य मन्त्री गगन थापाले सुरु गरेका स्वास्थ्य क्षेत्रको सुधारको प्रयास बीचैमा टुंगिने खतरा बढेको छ ।

फोरम लोकतान्त्रिकका महासचिव एवम् पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीले सरकारमा सहभागी हुन स्वास्थ्य मन्त्रालयमै जाने इच्छा देखाएपछि यस्तो खतरा बढेको हो ।

मन्त्री थापाले नीतिगतसँगै स्वास्थ्य सेवाको बृहत् सुधारका लागि कम्तीमा आधारभूत गुणस्तरीय स्वास्थ्य सेवाको जग बसाउने भन्दै जनशक्ति, पूर्वाधार र उपकरणमा उल्लेखनीय सुधारका कार्यक्रम एकैपटक अगाडि बढाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यो समाचारलाई आजका अन्य पत्रपत्रिकाले भने प्रकाशित गरेका छैनन् । नागरिक दैनिकमा प्रकाशित समाचारअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले थापालाई हटाउने वचन भने दिइसकेका छैनन् तर चौधरीले मन्त्रालयका कतिपय निर्देशकलाई फोन गरेर आफू पुनः मन्त्रालयमा आउने तयारी भएको जानकारी गराएका छन् ।

दाहाल–ओली ’वान टु वान’ वार्ता 
आजका सबैजसो पत्रिकाले मेची–महाकाली अभियानमा रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली एक्कासि काठमाडौं फिर्ता भएर प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेको समाचार प्रकाशित गरेका छन् ।

Global Ime bank

आजको कान्तिपुर दैनिकले पहिलो पृष्ठमा ‘ओलीलाई दाहालको आग्रह–संशोधनमा सघाउनुस्’ शीर्षकको समाचार प्रकाशित गरेको छ । ओलीले भने संविधान संशोधनमा नभई चुनावमा सघाउने प्रतिबद्धता व्यक्त गरेको कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा उल्लेख छ ।

नागरिक दैनिकमा प्रकाशित समाचारअनुसार सरकारले पेस गरेको संविधान संशोधनका प्रस्तावित बुँदामध्ये सीमांकनको विषय छाडेर अन्य विषय पारित गर्ने तयारी सुरु भएको छ । स्थानीय तहको निर्वाचनको वातावरण बनाउन प्रमुख तीन दलका नेताबीच यसबारेमा छलफल भइरहेको छ ।

आजको अन्नपूर्ण पोष्टले पहिलो पृष्ठमा एनसेलसँग कर असुल्न निर्देशन दिएको बारे सुजित महतले लेखेको समाचारलाई मुख्य समाचार बनाएको छ । एनसेललाई पुँजीगत लाभकरबाट उन्मुक्ति दिने सरकारको निर्णय माइन्युट नहुँदै महालेखा परीक्षक कार्यालयले एनसेललाई पुँजीगत लाभकर तिराउन सरकारलाई निर्देशन दिएको छ ।

यो समाचारलाई आजको कान्तिपुर दैनिकले पनि पहिलो पृष्ठमा प्रकाशित गरेको छ । कृष्ण आचार्यले लेखेको समाचार शीर्षक छ –‘एनसेलको कर किन उठेन ?’

बाजा बजाएर परियारलाई दिए गुरुङले छोरी
आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित यस समाचारले भने सबैको ध्यानाकर्षण गर्छ । पोखराबाट प्रेम नेपालीले लेखेको समाचारअनुसार पोखरामा परियारका छोरालाई गुरुङले बाजा बजाएर छोरी दिएका छन् । नौ वर्षदेखि प्रेम सम्बन्धमा रहेका तारा गुरुङ र किरण परियारबीच भएको विवाह समारोहको समाचारलाई नयाँ पत्रिका दैनिकले प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

खेलकुद समाचारले पायो स्थान 
आजका सबैजसो पत्रिकाको पहिलो पृष्ठमा नेपाल र केन्याबीच भएको क्रिकेटको तस्बिर प्रकाशित गरिएको छ भने केही पत्रिकाले पहिलो पृष्ठमै समाचार प्रकाशित गरेका छन् ।

नयाँ पत्रिका दैनिकले ‘सानदार जितसँगै विश्वकप सम्भावना जीवित’ शीर्षकमा पहिलो पृष्ठमा दुईवटा तस्बिरसहितको समाचार प्रकाशित गरेको छ ।
राजधानी दैनिकले ‘केन्यासँग नेपालको बदला’ शीर्षकमा पहिलो पृष्ठमा तस्बिरसहित समाचार प्रकाशित गरेको छ । हिमालय टाइम्सले पनि ‘नेपालको सानदार जित’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

आजको कान्तिपुर दैनिकले त्रिवि मैदानमा खुसीयाली मनाउँदै गरेका नेपाली खेलाडीको तस्बिर पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।
अन्नपूर्ण पोस्टले केन्याविरुद्धको खेलमा अर्धशतक बनाएका ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरीले खुसी साटासाट गरेको तस्बिर प्रकाशित गरेको छ ।
नागरिक दैनिकले भने यो समाचारलाई पहिलो पृष्ठमा स्थान दिएको छैन ।

सम्पादकीय 
‘कर नतिर्नेको ठूलो स्वर’ शीर्षकको सम्पादकीयमा नागरिक दैनिकले  लेखेको छ — ‘नेपालको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत सेयर विक्रेता युरोपेली कम्पनी टेलियासोनेराले अफसोर कारोबार भनेर नेपालमा कर छल्न खोजेको हो । टेलियाले बारम्बार अफसोर कारोबार भएकाले नेपालले कर उठाउने कुनै कानुनी आधार नरहेको जनाउँदै आएको छ ।’

‘आचारसंहिता’ का विषयमा अन्नपूर्ण पोस्टले सम्पादकीय लेख्दै भनेको छ – निर्वाचनमा सहभागी हुने कुनै एक पक्षलाई फाइदा पुग्ने गरी सरकारले आर्थिक रकम वितरण गर्दा स्वस्थ निर्वाचन वातावरण बन्ने छैन ।’

‘कर्मचारी खटाउन अलमल नगर’ कान्तिपुर दैनिकको सम्पादकीय शीर्षक  छ । सम्पादकीयमा भनिएको छ – प्राविधिक र राजनीतिक दुवै किसिमको तयारीले नै निर्धारित मितिमा स्थानीय तहको निर्वाचनको ग्यारेन्टी गर्नेछ । त्यसैले पनि निर्वाचन आयोग र सरकार दुवैको ध्यान यसतर्फ जाओस् ।’

‘राप्रपाभित्र असन्तुष्टि’ नयाँ पत्रिका दैनिक, ‘भूकम्पप्रतिरोधी घर निर्माणमा ढिलाइ’ राजधानी दैनिक र ‘अस्पष्ट कार्यविधिको परिणाम’ हिमालय टाइम्सका सम्पादकीय शीर्षक रहेका छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १, २०७३  ०८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC