site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘पृथ्वीनारायण शाहपछि ठूलो एकीकरण अभियान’ 
Sarbottam CementSarbottam Cement

झापा । नेकपा एमालेले मधेस जागरण अभियान ( मेचीमहाकाली जागरण अभियानलाई राष्ट्रिय एकीकरण अभियानका रूपमा चित्रित गरेको छ ।
शनिबार नेपालको सुदूरपूर्वी काँकडभिट्टाबाट सुरु गरेको अभियानलाई उसले ‘एकीकरण भाग दुई’ को संज्ञा दिएको हो ।
दकममा सभा टुंग्याएगलगत्तै ‘प्रेस ब्रिफिङ्ग’ गर्दै एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले पृथ्वीनारायण शाहपछिको ठूलो ‘एकीकरण अभियान भएको र यो पृथ्वीनारायण शाहको बाँकी ‘कार्यभार’ पूरा गर्न खोजिएको जिकिर गरे ।

पहिलो दिनको अभियानबाट पुलकित एमाले
पहिलो दिनको सभामा करिव डेढलाख मानिस प्रत्यक्ष सहभागि भएको एमालेको दाबी छ । मेची पुलनजिकै काँकडभिट्टामा दिउँसो करिब ११ बजे शुभारम्भ गरिएको अभियानमा विभिन्न पूर्वी पहाडी जिल्लाबाट उल्लेख्य कार्यकर्ता उता¥यो एमालेले । ताप्लेजुङ्ग, पाँचथर, इलामबाटसमेत कार्यकर्ता उतारिएको सभामा सोचे मुताविक जनसहभागिता रहेको एमाले दाबी छ । “शनिबारको सभामा करिब एक लाख जनसमुदायको उपस्थिति थियो,” पत्रकारहरूलाई जानकारी गराउँदै भट्टराई भने, “आजको उपस्थितिबाट एमाले उत्साहित छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अभियान आन्तरिक एकीकरण पनि
बिफ्रिङमा भट्टराईले अभियान एमालेको आन्तरिक जीवन मजबुद बनाउने कडी भएको प्रसंग भएको बताए ।
त्यस्तै अभियानले पार्टीको आन्तरिक एकतालाई मजवुत तुल्याउने विश्वाससमेत व्यक्त गरे । अभियानमा सबै नेता कार्यकर्ता सँगै हुँदा नेता–कार्यकर्ता–जनतालाई एउटै सूत्रमा बाँध्ने र पार्टीलाई बलियो बलाउने विश्वास एमालेको छ । “यो हाम्रो आन्तरिक एकताको अभियान पनि हो,” भट्टराईले जोडे ।

मोर्चाको त्रास
सुनसरीसम्म एमाले अभियानमा जनसमुदाय उपस्थिति भए पनि तराईमा के हुने हो, सहभागिसमेत अन्यौलता व्यक्त गर्दै थिए । “कोसीपूर्व त एमालेले राम्रै मान्छे जुटाउला, दुई नम्बर प्रदेशमा के हुने हो,” एक सहभागिले अन्यौलता व्यक्त गरे, “तराईलाई नै लक्षित गरेर अभियान आयोजना भएकाले दुई नम्बर प्रदेशमा नपुगुञ्जेल त्यो सफल, असफल आँक्न मुस्किल छ ।”
भट्टराईले जोडे, “हामीले मधेसी मोर्चाका नेताहरूलाई आग्रह गरेका छौँ । उहाँहरू हामीले होइन, हामी त्यस्तो गर्दैनौँ, अरु नै होला भन्नुहुन्छ । हामी आग्रह गर्न चाहन्छौँ, मोर्चाले कुनै पनि ठाउँमा अवरोध नगरोस् ।”
शुक्रबार मात्रै एमाले सप्तरी जिल्ला कमिटी उपसचिव प्रतावनारायण चौधरीलाई नकावधारीहरूले कालोमोसो दले । त्यस्तै २५ गते मधेसी मोर्चाले जनमपुरमा आमहड्तालको घोषणा गरेका छन् भने, २६ गते गरुडामा कार्यक्रम नै जुधाएका छन् । यस्तै तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले एमालेको अभियानले तराईको वातावरण विथोल्ने जिकिर गर्दै अभियान रोक्न भनेका छन् । सरसर्ती आँकलन गर्दा मधेसी मोर्चाले दुई नम्बर प्रदेशमा एमालेको कार्यक्रम निको मानिरहेको छैन ।
तर, एमालेले यो तराई–पहाडको बिग्रँदो सम्बन्धलाई सेतुको भूमिका निर्वाह गर्ने अभियान भएकाले नविथोल्न चेतावनी दिएको छ ।
“एमाले कसैमाथि जाइलाग्न जाँदैन, यो अभियान कसैविरुद्ध लक्षित पनि छैन, नविथोलियोस्,” भट्टराईको भनाई थियो । उनले बन्द हड्ताल र चक्काजामले अभियानमा कुनै फरक नपार्ने भन्दै शसंकित नहुन नेता कार्यकर्तालाई आग्रह पनि गरे ।
“एमाले संयमित हुन्छौँ, यो अभियानको मानवअधिकार आयोग पत्रकारहरूले स्वतन्त्र ढंगले हेरून्, हामीले सद्भाव खल्बल्यायौँ भने हामीलाई खबरदारी गरियोस्, अरुले बिगारे पनि त्यसको स्वतन्त्र विश्लेषण होस्,” भट्टराईको आग्रह थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २२, २०७३  ०७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC