site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘लुट–२’ ले एक हप्तामा ६ करोड कमायो
Ghorahi CementGhorahi Cement

काठमाडौं । चलचित्र ‘लुट–२’ ले एक हप्तामा ६ करोड कमाएको छ । गत शुक्रबार रिलिज भएको चलचित्रले बिहीबारसम्म कुल ६ करोड ८ लाख ग्रस कलेक्सन गरेको हो ।

“एक हप्तामा ६ करोड ८ लाख कलेक्सन भएको छ,” निर्माता माधव वाग्लेले भने, “आज पनि शुक्रबार भएकाले साँझको सो को राम्रो बुकिङ भएको, अहिले दिउसोको अकुपेन्सी पनि राम्रैछ ।”

Agni Group

‘इनिसियल’ निकै राम्रो कलेश्सन गरेको ‘लुट–२’ ले सुरुका तीन दिनमा ४ करोड भन्दा बढी ग्रस कलेक्सन गरेको थियो ।  तीन दिनमा ४ करोड २ लाख ग्रस कलेक्सन गरेको थियो ।

शुक्रबार १ करोड ५२ लाख, शनिबार १ करोड ६५ लाख र आइतबार ८५ लाख कलेक्सन भएको निमार्ता वाग्लेले दाबी गरेका थिए । नेपालमा बक्सअफिस नहुँदा चलचित्रको विजनेसबारे निर्माता, वितरक तथा हल सञ्चालकले दिएको जानकारीलाई नै आधिकारिक मान्नुपर्ने अवस्था छ ।
विद्यमान अस्थिर राजनीतिक अवस्था, मौलाउँदो कालोबजारी र त्यसको परिणाम नै ‘लुट–२’ को ‘लगलाइन’ हो । नाकाबन्दीको मौका छोपेर तत्कालीन समयमा भएको कालो बजारी चलचित्रले छर्लङ्ग पारिदिएको छ ।

Global Ime bank

सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, प्रदीपराज न्यौपाने, विपिन कार्की, सुशिलजङ पाण्डे, सिर्जना सुब्बा र ऋचा शर्मा चलचित्रको मुख्य भूमिकामा छन् ।

‘लुट–२’ चार वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘लुट’ को सिक्वेल हो । माधव वाग्ले र नरेन्द्र महर्जनको निर्माण ‘लुट–२’ निश्चल बस्नेत निर्देशित चलचित्र हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७३  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC