site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘लुट–२’ अमेरिकामा हाउसफुल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालका थिएटरमा चलचित्र ‘लुट–२’ हाउसफुल हुँदा अमेरिकामा पनि चलचित्रले राम्रो अकुपेनसी पाएको छ । आइतबारबाट अमेरिकामा प्रदर्शनमा आएको ‘लुट–२’ ले ६५ वटा सो पाएको वितरक कम्पनी ‘प्लानेट–३’ का प्रमुख अर्जुन सुवेदीले जानकारी दिए । आइतबार १८ मध्ये १५ वटा सो हाउस फुल भएका सुवेदीको दाबी छ । सुवेदीले १०० वटा सो पुर्याउने लक्ष्य रहेको बताए ।
सोमबार सन्फ्रासिस्कोमा सबै पर्दा हाउसफुल भएको सुवेदीले जानकारी दिए । ‘लुट–२’ को अमेरिका राइट्स ‘प्लानेट–३’, ‘नेप सिने’ र ‘ड्रिम–२७’ ले लिएका हुन् ।

सुवेदीले अमेरिकामा नेपाली रहेका ४० राज्यमा चलचित्र लाग्ने जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिमा प्रति टिकट १५–२० डलर लिने गरिएको छ । चलचित्र हलिउड तथा बलिउड मुभी लाग्ने हलमा प्रदशर्न भइरहेको छ । सुरुका वर्षमा नेपाली चलचित्र प्रोजेक्टरमा देखाउने गरिए पनि पाइरेसी बढ्दैगएपछि थिएटर बुकिङ गरेरै नेपाली चलचित्र प्रर्दशनमा आउन थालेका छन् ।  

निश्चल बस्नेत निर्देशित चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, प्रदीपराज न्यौपाने, विपिन कार्की, सुशिलजङ पाण्डे, सिर्जना सुब्बा र ऋचा शर्मा मुख्य भूमिकामा छन् ।

Global Ime bank

विद्यमान अस्थिर राजनीतिक अवस्था, मौलाउँदो कालोबजारी र त्यसको परिणाम नै ‘लुट–२’ को ‘लगलाइन’ हो । नाकाबन्दीको मौका छोपेर तत्कालीन समयमा भएको कालो बजारी चलचित्रले छर्लङ्ग पारिदिएको छ ।

‘लुट–२’ चार वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘लुट’ को सिक्वेल हो । चलचित्रबारे मिश्रित समीक्षात्मक टिप्पणी आइरहेको छ ।

 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७३  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC