विदेश
काठमाडौं । मलेसियाको प्रहरीले क्वालालुम्पुर एयरपोर्ट टर्मिनललाई रायायनिक पदार्थ मुक्त क्षेत्र घोषणा गरेको बीबीसीले जनाएको छ ।
यसअघि उक्त टर्मिनलमा रासायनिक हतियार प्रयोग गरि उत्तर कोरियाका शासक किम जोङ उनका सौतेनि दाइ किम जोङ नामको हत्या भएको थियो ।
सुरक्षित पोशाक लगाएका सुरक्षा टिमले यसअघि सो टर्मिनल क्षेत्रलाई सफा गरेका थिए । मलेसियाका स्वास्थ्य मन्त्रीले किम जोङ नामको हत्यामा एक हानिकारक रसायन प्रयोग गरेको र त्यसले किममा गम्भीर प्यारालाइसिस उत्पन्न गराएको पोस्टमार्टमबाट पत्ता लागेको बताएका थिए ।
परिक्षणबाट किमको हत्यामा अत्यधिक हानिकारक भिएक्स नामको नर्भ एजेन्ट प्रयोग भएको देखाएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७३ १०:५१
प्रतिक्रिया दिनुहोस्