site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । ८ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने नहुने अझै अन्यौल छ । त्रिविको संशोधित कार्यतालिका अनुसार शनिबार उमेदवारी दर्ता हुनुपथ्र्यो । तर, नेपाल विद्यार्थी संघले अधिकांश क्याम्पसमा तालाबन्दी गर्दा ६१ मध्ये २१ वटा आंगिक क्पाम्पसमा मात्रै उमेदवारी दर्ता हुन सकेको छ ।
उपत्यकामा सानो ठिमी क्याम्पस, आईओम, जनप्रशासन र कोटेश्वर क्याम्पसमा मात्रै उमेदवारी दर्ता हुन सकेको त्रिविले जानकारी दिएको छ । त्यस्तै विद्यार्थी संगठनबीच विवाद चर्कँदा रत्नराज्य लक्ष्मी क्याम्पसमा नेविसंघले शनिबार आगजनी गरेको छ । 

ताला खोल्छुः नेविसंघ
एमाले समर्थित अखिल र नेकपा (माओवादी) केन्द्र समर्थित अखिल क्रान्तिकारीले नेविसंघकै कारण चुनाव अन्यौलतातर्फ धकेलिएको आरोप लगाएका छन् । क्रान्तिकारीका महासचिव वीरेन्द्र लामाले नेविसंघको नेतृत्वले भन्दा पनि क्याम्पसमा रहेका केही कार्यकर्ताले आफू चुनावमा उठ्न नपाएको रिस फेर्न चुनाव बिथोल्न लागि परेको बताए ।  “नेविसंघका केही नेता कार्यकर्तालाई चुनाव हार्छु भन्ने डर छ,” उनले भने, “त्यही भयका कारण नेविसंघ चुनावबाट पछि हट्दैछ ।”
यसैबीच नेविसंघका अध्यक्ष नैनसिंह महरले ताला खोलेर निर्वाचनको वातावरण बनाउनेमा विस्वस्त हुन आग्रह गरे । बाह्रखरीसँगको कुराकानीमा उनले भने, “अखिलकै कारण यो सबै ठाउँमा विवाद भएको हो, नेविसंघले ताला खोलेर निर्वाचनको वातावरण बनाउँछ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै त्रिभुवन विश्वविद्यालय र तीन प्रमुख विद्यार्थी संगठनबीच शनिबार राति छलफल भयो । छलफलमा नेविसंघले आइतबार बिहान १० बजेभित्र क्याम्पसहरूमा लगाएको ताला खोल्ने र त्रिविले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उमेदवारी मनोनयन दर्ताको समय तोक्ने सहमति भएको छ । तर, नेविसंघले तालाबन्दी खोल्न नसकेको अनेरास्ववियुका प्रवक्ता सुदीप शर्माले जानकारी दिए । “नेविसंघको नेतृत्वले चाहेरमात्रै ताला खुल्ने अवस्था छैन, तलतलका कार्यकर्ताहरू आफैँ ताला लगाउँदै हिँडेका छन्,” उनले थपे ।

केही क्याम्पसको परिणाम आउन थाल्यो
आइतबार बिहानसम्म २५ वटा क्याम्पसमा स्ववियु चुनाव सम्पन्न भइसकेको छ । जसमध्ये माओवादी केन्द्र निकट क्रान्तिकारीले ११, एमाले अखिलले ९ र नेविसंघले ५ क्याम्पसमा सभापति जितेका छन् । अखिल क्रान्तिकारीले १२ क्याम्पसमा विजयी हासिल गरेका दाबी गरेता पनि रुकुमको एउटा क्याम्पसमा विवाद रहेको अनेरास्ववियुले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७३  ०९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC