site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पत्रकारसँग ट्रम्प झनै आक्रोशित, पत्रकारको डिनर पार्टीमा ट्रम्प नजाने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो वर्षको ‘ह्वाइट हाउस करेसपोन्डेन्ट्स एसोसिएशन’ ले आयोजना गर्ने डिनर पार्टीमा उपस्थित नहुने जनाएका छन् । उनले ट्वीटमार्फत यस्तो जानकारी गराएका छन् ।

अप्रिल २९ का लागि यो डिनर तय गरिएको थियो  । यस्तो पार्टीमा साधारणतया पत्रकार, सेलिब्रेटी तथा राष्ट्रपति उपस्थित हुने गर्दछन् ।
शुक्रबार धेरै मुख्य प्रशारण तथा अखबारहरुलाई ह्वाइट हाउसमा   आयोजित पत्रकार सम्मेलनमा प्रतिबन्ध लगाएपछि ट्रम्पले भाग नलिने बताएका हुन् । ट्रम्पले आफूविरूद्ध नकारात्मक समाचार लेख्ने माध्यमहरुलाई यसअघि फेक न्युज भन्दै आएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

केही मिडिया संस्थान र ह्वाइट हाउसबीच असमधुर सम्बन्धलाई मध्यनजर गर्दै ट्रम्पले यस्तो फैसला गरेको आँकलन गरिएको छ ।
शुक्रबार बीबीसी, न्यु योर्क टाइम्स र सीएनएन समेत धेरै प्रमुख मिडिया समूहका पत्रकारलाई ट्रम्पका प्रवक्ता सिन स्पाइसरको प्रेस वार्तामा भाग लिन प्रतिबन्ध लगाइएको थियो ।

ब्लुमबर्ग न्युज, न्युयोर्कर म्यागेजिन लगायतले यसअघि नै ट्रम्पको मिडियाप्रतिको रवैया हेर्दै यो आयोजनाबाट हात झिकिसकेको छ ।

Global Ime bank

ट्रम्पले उनको आलोचना गरेर समाचार लेख्ने अमेरिकी मिडियालाई अमेरिकी जनताका दुश्मन भन्दै आएका छन् ।

‘ह्वाइट हाउस करेसपोन्डेन्ट्स एसोसिएशन’ ले लगभग एक सय बर्षदेखि राष्ट्रपतिको सम्मानमा रात्रिभोज आयोजना गर्दै आइरहेको छ र यसमा राष्ट्रपति उपस्थित हुँदै आएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७३  ०९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC