विदेश
काठमाडौं । पश्चिमी सिरियाको होम्स सहरमा बन्दुकधारी र आत्मघाती आक्रमणकारीले सुरक्षा पोस्टलाई निशाना बनाएर हमला गर्दा कम्तीमा पनि ३२ जनाको मृत्यु भएको बताइएको ।
सिरियाको सरकारी टीभी अनुसार गुप्तचर सेवाका एक स्थानीय अधिकारीको पनि सो आक्रमणमा ज्यान गएको छ ।
केही रिपोर्टका अनुसार मृतकको संख्या ४० भन्दा माथि जान सक्ने बताइएको छ । जेहादी संगठन तहरीर–अल–शामले उक्त आक्रमणको जिम्मेवारी लिएको छ ।
होम्स शहर डिसेम्बर २०१५ देखि सिरियाको सेनाको नियन्त्रण मा छ । विद्रोहीले युद्दविराम सम्झौता अनुरूप होम्स सहरलाई छाडेर गएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७३ ०९:३५
प्रतिक्रिया दिनुहोस्