site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नयाँ शक्ति र संघीय फोरम नेपालसहित ३० दललाई जरिबाना 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । निर्वाचन आयोगले बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालले दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै १ सय रुपैयाँ जरिबाना तिराउने भएको छ ।
निर्वाचन आयोगले आइतबार सार्वजनिक सूचना जारी गर्दै निर्धारित म्यादभित्र स्पष्टिकरण पेश नगर्ने ११ राजनीतिक दल र पेश गरेको स्पष्टिकरण चित्त बुझ्दो नदेखिएका १९ राजनीतिक दललाई १ सय रुपैयाँ जरिबाना तिराउने बताएको छ ।
उनीहरुलाई जरिबाना तिर्न एकसाताको म्याद दिइएको छ । 
भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपाल र उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालले समयमा आयव्यय विवरणको वार्षिक प्रतिवेदन पेश नगरेपछि आयोगले स्पष्टिकरण मागेको थियो । आयोगमा उनीहरुले बुझाएको स्पष्टिकरण पनि चित्तबुझ्दो नभएपछि जरिबाना तिराउने निर्णय गरिएको आयोगले जनाएको छ ।
“निर्वाचन आयोगको मिति २०७३÷११÷११ को निर्णयानुसार राजनीतिक दल सम्बन्धी ऐन, २०५८ को दफा १२ बमोजिम निर्धारण गरिएको म्यादभित्र आयव्यय विवरणको वार्षिक प्रतिवेदन पेश नगरेका दलहरुलाई सोही ऐनको दफा १६ बमोजिम एकसय रुपैयाँ जरिबाना किन  नगर्ने ? जरिबाना गर्नु नपर्ने कुनै आधार कारण भए खुलाई मिति २०७३÷११÷१४ सम्म स्पष्टिकरण पेश गर्न सूचना प्रकाशित गरिएकोमा निर्धारित म्यादभित्र स्पष्टिकरण पेश नगर्ने तथा पेश गरेको स्पष्टिकरण चित्त बुझ्दो नदेखिएका देहायका राजनीतिक दलहरुलाई आयोगको मिति २०७३÷११÷१४ को निर्णयाअनुसार राजनीतिक दल सम्बन्धी ऐन, २०५८ को दफा १६ बमोजिम एकसय रुपैयाँ जरिबाना गरिएको छ,” निर्वाचन आयोगले जारी गरेको सूचनामा भनिएको छ ।
त्यसैगरी सूचनामा थप भनिएको छ, “उक्त जरिबाना रकम यो सूचना प्रकाशन भएको मितिले सात दिन (मिति २०७३÷११÷२१) सम्ममा कान्तिपथ काठमाडौंस्थित निर्वाचन आयोगको सचिवालयमा बुझाउनु हुन सूचित गरिएको छ ।”
निर्धारित म्यादभित्र स्पष्टिकरण पेश नगर्ने राजनीतिक दलहरुः

  • संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
  • दलित जनजाती पार्टी नेपाल
  • नेपाली जनता दल
  • राष्ट्रिय जनएकता पार्टी 
  • नेपाल नागरिक पार्टी 
  • शान्ति पार्टी नेपाल 
  • नागरिक समाजवादी पार्टी 
  • नेपाली कांग्रेस राष्ट्रवादी
  • चुरेभावर राष्ट्रिय पार्टी 
  • हिन्दु प्रजातान्त्रिक पार्टी 
  • चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल 

त्यसैगरी पेश गरेको स्पष्टिकरण चित्त बुझ्दो नदेखिएका राजनीतिक दलहरु यस प्रकार छन् ।

  • नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी
  • संघीय समाजवादी फोरम नेपाल
  • राष्ट्रिय चुरेभावर पार्टी 
  • हाम्रो पार्टी 
  • नेपालवाद 
  • लोक कल्याणकारी जनता पार्टी 
  • युवा नेपाल, पार्टी 
  • राष्ट्रिय त्रिमूल बहुजन समाजवादी पार्टी 
  • मातृभूमि नेपाल पार्टी 
  • नयाँ शक्ति पार्टी, नेपाल
  • गान्धिवादी पार्टी, नेपाल
  • मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)
  • जनता दल नेपाल 
  • श्रमिक जनता पार्टी नेपाल 
  • नेपाल सुकुम्वासी पार्टी (लोकतान्त्रिक)
  • नेपाली ग्रिन्स पार्टी 
  • नेपाल प्रजातान्त्रिक प्रगतिशिल पार्टी 
  • नेपाल न्यायिक दल 
  • राष्ट्रिय जनता दल नेपाल 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७३  ०७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC