खेल
काठमाठौं । तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन् । शनिबार जोरपाटीमा आयोजित एक कार्यक्रममा रिभेरा स्कुलले प्रशिक्षक लामालाई सम्मान गरेको हो ।
अभिभावक दिवसको अवसरमा विद्यालयले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादन गरेको भन्दै प्रशिक्षक लामालाई सम्मान पत्रद्धारा सम्मान ग¥यो । विद्यालयका प्रिन्सिपल प्रज्वल कोइरालाले प्रशिक्षक लामालाई खादा लगाई सम्मानपत्र प्रदान गरे । विभिन्न डोजाङ र विद्यालयबाट कयौँ उत्कृष्ट तेक्वान्दो खेलाडी उत्पादन गर्नुका साथै देशलाई अन्र्तराष्ट्रिय क्षेत्रमा चिनाउन खेलक्षेत्रको माध्यमबाट योगदान पु¥याएकाले सम्मान गरिएको सम्मान पत्रमा उल्लेख छ ।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७३ ०७:१७
प्रतिक्रिया दिनुहोस्